प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना

Sharing is caring!

वैशाख २९, २०७५ । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ ।

निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उहाँका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेकोछ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उहाँको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भन्नुभयो, “उहाँका स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।”

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते हुनुभएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *