प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको अर्थमन्त्री महतको आरोप

Sharing is caring!

साउन २८, २०८० । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिपक्षले सत्तामा नहुदाँको अवस्थालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् ।

आईतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले भने, सत्तामा नहुने वित्तिकै यो किसिमको सोच राख्नु भएन् लोकतन्त्रमा सबै सधैं सत्तामा रहिरहदैन् । कहिले भईन्छ कहिले हुदैन् । त्यसलाई त स्वीकार गर्नु पर्यो नी । त्यसैलाई स्वीकार गर्न नसकेको जस्तो हामीलाई महसुस भएको छ । सरकार कुनै पनि हालतमा कसैप्रति पूर्वाग्रही नहुने उनको भनाई छ ।

सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन। देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को–को संलग्न छन् र जो दोषि छन् ती सबैलाई कानूनी कठघरामा आउनुपर्छ ।

उनले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *