‘पुजार सार्की’ हेरेपछि बाबुरामको प्रतिक्रिया : यो लामो लडाईं हो

Share this news:

जेठ ३१, २०८१ ।  पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार दिउँसो पत्नी हिसिला यमीसहित फिल्म ‘पुजार सार्की’ हेरेका छन् । फिल्म हेरेपछि उनले धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताउँदै यसको लडाईं लामो भएका प्रतिक्रिया दिए ।

‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । फिल्म हेर्दा भावुक भएँ, कतिपय प्रसंग आफैसँग पनि मिलेको पाएँ । यो लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ,’ उनले भने, ‘धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन सम्भव छैन ।’

जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनुपर्ने उनले बताए । ‘म आफैंले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिएँ, यो फिल्मको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ । यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ,’ उनले भने ।

दोस्रोपटक फिल्म हेर्न पुगेकी हिसिलाले राजनीतिकर्मीले फिल्मको पात्र मेघराजले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताइन् । ‘प्रधानमन्त्री प्रचण्ड ‘मेघराज’ जस्तो हुनुपर्ने तर के भइदिनुभयो हामीलाई थाहै छ,’ उनले भनिन् ।

फिल्मका लेखक विकास सुवेदीले पूर्णरूपमा कम्युनिष्ट आन्दोलनमा रहेकाहरूकै कथा नभए तापनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो फिल्ममा रहेको बताए ।


Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *