देश बनाउँन सबै इमान्दार हुन आवश्यक : उपसभापति डि.पी. अर्याल

Sharing is caring!

साउन २३, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले देश बनाउँन लागि सबैजना एकजुट भएर निर्मम र इमान्दार तरिकाले लाग्नु पर्ने बताएका छन् ।

रिटर्नी माईग्रेंट नेपालको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अब गलतलाई गलत र सहिलाई सहि बन्न सकेनौ भने गालीको पात्र मात्र बन्ने र आउँने पुस्ता पनि विदेश जानुपर्ने अवस्था आउँने भन्दै विदेशबाट सीप लिएर आएका साथीहरु सबै मिलेर देश बनाउँनु पर्ने बताए ।

उनले भने, ‘यो देश बन्छ, पक्कै बन्छ । हाम्रो पालामा नै बन्छ तर तपाई हामी निर्मम र इमान्दार हुनुपर्छ । अब गलतलाई गलत र सहिलाई सहि बन्न सकेनौ भने फेरि हामी पनि गालीको पात्रमात्र बन्ने र आउँने पुस्ता पनि विदेश नै जानुपर्ने अवस्था आउँछ त्यसकारण युवा पुस्ता निर्मम भएर एउटा प्रयास गरौं, तपाईले गरेको प्रयास सबै सँगै हिनेर देश बनाउँने अठोट गरौं ।’

अहिलेको अवस्थामा रोजगार सिर्जना गर्ने प्रयासलाई कुनै राजनीतिक दलले ट्याग लगाउँने किसिमको काम गर्न नहुने भन्दै संस्थालाई पार्टीगत संस्था होईन, विदेशबाट फर्किएका नेपाली जनताको संस्था बनाउँनु पर्ने बताए ।

उनले भने, ‘काम गर्नको लागि विदेश जाने प्रवृत्ति रोक्न तुरुन्तै सम्भव छैन्, तर ३ हजारको संख्यालाई ५ सय १ सय गरेर घटाउँदै लान सकियो भने एकदिन परिवार पाल्न काम गर्नै पर्ने बाध्यताले विदेश जाने दिन अन्त्य हुन सक्छ यो असम्भव होईन् । विदेशबाट फर्किएकाहरुको आँट राजनीतिक दलहरुले तपाईहरुको साथ पाउँने हो भने त्यो सम्भव छ । यो संस्थालाई पार्टीगत संस्था होईन, विदेशबाट फर्किएका नेपाली जनताको संस्था बनाउँनु । ’

यस्तै उनले नेपालबाट बाहिर जाने मन्त्री, सभासद्, गन्यमान्यहरुलाई सम्मान गर्नुपर्छ तर आफ्नो मेहनेतको पैसा खर्च गरेर सेवा र सुविधा दिनु आवश्यक नभएको भन्दै बन्द गर्न आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *