डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Share this news:

साउन ३०, २०८० । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो।

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

समायोजन भएको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *