माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य : रघुवीर महासेठ

Sharing is caring!

साउन ११, २०७८ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् । माधव कमरेडलाई कुनै पनि हालतमा इक्वेल अध्यक्ष दिईँदैन् । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन् । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन् ।’

सोमबार रिपोर्टर्स क्लबमा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । महासेठले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् । अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’

उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेश गर्नुभन्दापनि लो–प्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिले पनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो÷चाँडो एकता भईछाड्ने पनि दाबी गरे । उनले नेकपा (एमाले) बनाउनको लागि माधव नेपालको ठूलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्नपनि आग्रह गरे । उनले भने,‘एमाले बनाउन तपाईँको ठूलो भूमिका छ । अब अर्काको घरमा पेन्ट गर्न नजानुहोस् । आफ्नै घरलाई बलियो बनाउनतर्फ लाग्नुहोस् ।’ उनले अहिले देशी तथा विदेशी र प्रतिक्रियावादी शक्तिहरु एमालेको एकता नहोस भनेर हात धोएर लागिपरेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राखे ।

उनले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले भने,‘तपाईँहरुलाई पार्टीमा हामी उत्तिकै सम्मान गर्छौं । यसमा कुनै द्धिविधा नहोस् ।’ उनले एमाले कुनैपनि हालतमा विभाजन नहुने जिकिर गरे । उनले भने,‘नेपाली जनता, एमालेका समर्थक, शुभेच्छुक, कार्यकर्ता कसैले पनि एमाले विभाजन होस भन्ने चाहँदैनन् । यसप्रति सबै सचेत हुनुपर्छ ।’ अहिले एमालेको तल्ला तहदेखि माथिल्लो तहसम्मले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताको लागि दबाब दिएको पनि स्मरण गराए । नेता महासेठले अहिले पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै जना आन्तरिक छलफलमा रहेको पनि सुनाए ।

उनले पार्टीभित्र अहिलेको परिस्थिति सिर्जनामा हुनुमा २०७७ पुष ५ गतेतर्फ फर्कनुपर्ने सुनाए । उनले भने,‘जतिबेला हामी पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका थियौं, यतिवेला केही सांसदहरु संसद्को विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिकहाँ जानुभएको थियो, जुन कुरा बैठकमा थाहा भयो, त्यसबारे पनि व्यापक छलफल भएको थियो । साथीहरुले तत्कालिन प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हाल्नेगरि संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुभयो, त्यही कारणले संसद् भंग भएको हो । यो तितो यर्थाथ हो । अहिले बाग्मतीमा धेरै पानी बगिसेको छ ।’ देशी – विदेशी शक्तिहरुले पार्टी विभाजन गर्न चाहेको र पार्टीका बहुसंख्यक नेता तथा कार्यकर्ताहरु फुटको विरोधमा उभिएकै परिस्थितिमा दोस्रो पटक संसद् विघटन भएको उनले श्रृंखला सुनाए ।

नेता महासेठले एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् बचाउनको लागि आफूहरुले यो कदम उठाएको भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाईएकोबारे टिप्पणी गर्नुमा पनि कुनै सत्यता नभएको दाबी गरे । उनले भने,‘यदि यो कुरामा सत्यता भएको भए एमालेको सांसदले आफ्नै पार्टीको सरकारलाई विश्वासको मत दिईहाल्थे नि । माधव नेपाल एमालेको सांसद हुनुहुन्छ। तर, उहाँको गतिविधि भने अरुले एमाले फुटाउन चाहेकोमा सहयोग पुर्याउने खालको देखियो । जुन अत्यन्तै विडम्बनापूर्ण छ । एमालेको सांसदले त एमालेको सरकारलाई विश्वासको मत दिनुपर्दथ्यो नि । तर, उहाँहरुले संसद् बचाउनको लागि अदालत गयौं भन्नुभयो । यसमा कुनै सत्यता छैन् । यो संसदीय राजनीतिक अभ्यासमा एउटा फोहोरी खेलबाहेक केही पनि होईन् ।’

उनले एमाले एकताको विकल्प नभएको भन्दै यसको लागि सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे । उनले माधव नेपाल पक्षको एक्सन नेपाली जनता र पार्टी पँक्तिले वाच गरेको पनि सुनाए । उनले पार्टी एकताको प्रयास भैरहेको बेला एकले अर्को समूहमाथि गालीगलौच गर्ने र शक्ति प्रदर्शन गर्ने काम गर्दा बनिरहेको वातावरण र विश्वासमा संकट पैदा हुने भन्दै त्यसतर्फ सबै सचेत र गम्भीर बन्नुपर्ने पनि तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *