टी– २० विश्वकप : सेमिफाइनलको पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने

Share this news:


असार १२, २०८१ ।  आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल बिहीबार बिहान हुँदै छ । उक्त खेल नेपाली समय अनुसार बिहीवार बिहान सवा ६ बजे सुरु हुने छ ।

पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान आमने सामने हुन लागेका हुन् । यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्ने छ । दक्षिण अफ्रिका अपराजित टोली हो । अफगानिस्तानले भने सुपर एटको खेलमा पराजय भोगेको थियो । अफगानिस्तानले सुपर एटमा अष्ट्रेलियालाई पराजित गर्दै इतिहास नै रचेको छ ।

अफगानिस्तानका कप्तान राशिद खानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन् । तीब्र गतिका बलर फजलहक फारुकी र नवीन उल हकले टोलीलाई प्रारम्भिक सफलता दिलाएर गतिलो सुरुआत गराउँदै आएका छन् ।

यसैगरी गुलबदिन नाइबले अष्ट्रेलियाविरुद्ध चमत्कारी स्पेल बलिङ गरे भने मोहम्मद नाबीले पनि उत्कृष्ट प्रदर्शन गरे । ओपनर रहमानउल्लाह गुरबाज २८१ रन बनाएर प्रतियोगिताका सर्वाधिक सफल ब्याट्सम्यान बनेका छन् भने फारुकीले १६ विकेट लिएर सर्वाधिक सफल बलर बनेका छन् ।

अफगानिस्तानका दुई खेलाडीले केही ठूला नामहरू छोडेर तथ्याङ्क अफगानिस्तानको टोलीले यसअघि कहिल्यै पनि विश्वकपको सेमिफाइनल खेलेको छैन । अफगानिस्तान दक्षिण अफ्रिकालाई स्तब्ध बनाउँदै फाइनल पुगेर नयाँ इतिहास रच्ने लक्ष्यमा हुने छ ।

उता, दक्षिण अफ्रिकाले पनि धेरै नजिकका खेलहरू जितेको छ । समूह चरणमा नेपालविरुद्ध १रनको जित निकालेको थियो भने बंगलादेशविरुद्ध चार रनको जित दर्ता गरेको थियो । वेस्टइन्डिजमाथि ३ विकेटको कठिन जित निकालेको थियो ।

एडेन मार्करामको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गरेको छ । प्रतियोगिताको शीर्ष १० ब्याट्सम्यानको सूचीमा दक्षिण अफ्रिकाका एक खेलाडी मात्रै छन् ।

क्विन्टन डी कक सात खेलमा १९९ रन बनाएर छैटौं स्थानमा छन् भने दक्षिण अफ्रिकाका कुनै पनि बलर शीर्ष १० मा अटाएका छैनन् । अहिलेसम्म दक्षिण अफ्रिका र अफगानिस्तान विश्वकपमा २ पटक भिड्दा दुवै पटक दक्षिण अफ्रिकाले बाजी मारेको छ । यस्तोमा विहीबारको सेमिफाइनलमा जित निकाल्दै दक्षिण अफ्रिका पनि पहिलो पटक आइसीसी टी २० विश्वकपको फाइनलमा पुग्ने अवसरको खोजिमा हुने छ ।

यस्तो छ सम्भावित प्लेइङ ११

अफगानिस्तान : रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, अजमातुल्लाह उमरजाई, गुलबदिन नाइब, मोहम्मद नाबी, करीम जनात, राशिद खान (कप्तान), नांग्याल खारुती, नूर अहमद, नवीन–उल–हक, फजलहक फारुकी ।

दक्षिण अफ्रिका ः क्विन्टन डी कक (विकेटकिपर), रीजा हेन्ड्रिक्स, एडेन मार्कराम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जान्सन, केशव महाराज, कागिसो रबाडा, एनरिक नोर्टजे, तबरेज शम्सी ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *