गर्मीको समयमा स्वस्थ रहन के गर्ने ?

Sharing is caring!

भदौ ८, २०८० । आधुनिकता र विकाससँगै शहरमा वस्ने मानिसहरूको संख्या तीव्र हुन पुगेको छ । सुविधा र अवसरका लागि शहर पसेसँगै मान्छेको जीवन शैली पनि परिवर्तन हुने गरेको छ । शारिरीक परिश्रम कम तर मानसिक बढि छ ।

शरिरलाई स्वास्थ्य राख्न सन्तुलित आहारसँगै शारिरीक व्यायम पनि आवश्यक पर्दछ । हामीले खाएको अआहारलाई पचाउन र शरिरीमा उर्जा प्राप्त गर्न सन्तुलित व्यायाम पनि महत्वपूर्ण छ । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ ।

यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि स्वस्थ तथा फुर्तिलो रहन सक्छौं । गर्मीमा चिया–कफीको सेवन कम गर्नुपर्छ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती–पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ ।

के गर्ने ?
१.गर्मीको मौसममा पानीको सेवन धेरै गर्नुको साथै घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।
२.बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनुहुँदैन । त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ ।
३.अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।
४.पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ । गाजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ । यी सब्जीहरूमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुनेगर्छ ।
५.मिठाईको बदलामा फलफूल खानुपर्छ ।
६.गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेसनबाट जोगिनका लागि बिहान सबेरै र साँझपख हिँडनु राम्रो हुन्छ ।
७. केही क्षण ध्यान तथा योग अभ्यास गर्ने ।
८. स्वस्थ्य रहन हप्तामा एक सय ५० मिनेट व्यायाम गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *