काँग्रेस कार्यकर्तालाई एकढिक्का भएर अगाडि बढ्न आह्वान

Share this news:

जेठ ५, २०७५ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरु एक भइसकेको अवस्थामा काँग्रेस कार्यकर्तालाई  एकढिक्का भएर अगाडि बढ्न आह्वान गर्नु भएको छ ।

नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त रुपमा विरोध गर्नेछ भन्नुभयो ।

नेपाली काँग्रेसले माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याएको, काँग्रेसकै नेतृत्वमा संविधान बनेको, काँग्रेसकै नेतृत्व हुँदा तीनै तहको निर्वाचन सम्पन्न भएकाले काँग्रेसको देश निर्माणमा ठूलो भूमिका रहेको उहाँले स्पष्ट पार्नुभयो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *