एक वर्षपछि कांग्रेसको बैठक बस्दै

Sharing is caring!

असार २७, २०८० । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने अजेन्डा तय गर्न अहिले (बिहान) सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरू छलफलमा जुटेका छन् । पदाधिकारीसहितको बैठकले तय गरेको अजेन्डा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्रीले पेस गर्ने छन् ।

विधानत प्रत्यक दुई-दुई महिनामा बस्नु पर्ने कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो । गत असार २७ देखि सुरु भएर साउन २ गते केन्द्रीय समिति बैठक सकिएपछि कांग्रेसमा फेरि अर्को बैठक बसेको थिएन ।

एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा आठ महिना अघि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षाका साथै नीति महाधिवेशन, क्रियाशील सदस्यताका साथै समसामयीक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए ।

पार्टी पदाधिकारीहरू अजेन्डा तय गर्न छलफलमा रहेको जनाउँदै विकले भने,‘ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा, नीति महाधिवेशन, क्रियाशील सदस्यताका साथै अहिलेका समसामयीक विषय नै बैठकका मुख्य अजेन्डा हुन् ।’
विधान अनुसारका संगठनलाई पूर्णता दिने, संगठनलाई चलायनमान बनाउन भ्रातृ संगठनका केन्द्रीय समिति गठनसहितका विषयमा बैठकमा छलफल हुनेछ । साथै, संस्थापन पक्षले विधान विपरित पार्टीका नाममा गरिएका विभिन्न कार्यक्रमहरूका विषयमा पनि प्रशन उठाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *