डोल्पामा पहिरो खस्दा दुई घर पुरिए

Sharing is caring!

भदौ ५, २०७५ । अविरल वर्षाले पहिरो खस्दा डोल्पामा दुई घर पुरिएको छ ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । त्यस्तै हरिबहादुर बुढामगरको घर पनि भत्केको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मानवीय क्षति नभएको जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *