अब त्रिविले ९० दिनमा परीक्षा ९० दिनमै परीक्षाफल प्रकाशित गर्ने

Share this news:


असार २४, २०८१ । त्रिभुवन विश्वविद्यालयले ९० दिनमा पढाइ र परीक्षा सकेर ९० दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने भएको छ । त्रिविले नयाँ शैक्षिक क्यालेन्डर तयार गरी सो व्यवस्था गर्न लागेको हो ।

स्रोतका अनुसार प्राविधिकबाहेकका सबै संकायको परीक्षा मिति र परीक्षाफल एकैसाथ प्रकाशन गर्न लागेको हो । प्राविधिक विषयमा इन्जिनियरिङ, कृषि तथा वन, चिकित्सा शिक्षा र विज्ञान तथा प्रविधि हुन् । त्रिविले साउनमा भर्ना खोलेर त्यसको ९० दिनभित्र परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिविले यही वर्षबाट क्यालेन्डर लागु गर्नेछ ।

त्रिविले क्यालेन्डरको सबै विषय पारित गरे पनि एकेडेमिक काउन्सिलको बैठकले मात्र निर्णय गर्ने व्यवस्था छ । यही साता काउन्सिलको बैठक बसेर क्यालेन्डर लागू गर्ने तयारी गरेको छ । त्रिविका रेक्टर प्राडा खड्ग केसीले शैक्षिक क्यालेन्डरको विषयमा छलफल जारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘निर्णय भइसकेको छैन, निर्णय भएपछि जानकारी गराउनेछौं ।’ क्यालेन्डरमा भर्नादेखि परीक्षाफल प्रकाशित गर्ने मितिसम्म उल्लेख छ । क्यालेन्डरअनुसार यो वर्षबाट कक्षा १२ को परीक्षाफल प्रकाशन हुनुअगावै भर्ना आह्वान गर्ने तयारी गरेको छ ।

उत्तीर्ण भएका विद्यार्थीले स्नातक तह पढ्न पाए पनि फारम भरेर कक्षा १२ मा अनुत्तीर्ण भएका विद्यार्थीलाई फारम भर्ने मौकामात्र पाउनेछन् । क्यालेन्डरमा देशैभर सबै क्याम्पसले एकैपटक परीक्षा लिन र परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ ।

त्रिविले जाडो र गर्मी बिदा कटौती गर्ने, सेमेस्टरको परीक्षा सकेपछि केही दिन बिदा दिने, साउनदेखि कार्तिकसम्म पठनपाठन सक्नुपर्ने, पुसमा साताव्यापी खेलकुद प्रतियोगिता र फागुनमा स्ववियु निर्वाचन गर्ने विषय समावेश छ । यस वर्षबाट जाडो र गर्मी बिदा कटौती हुनेछ । नियमित बिदाबाहेक अन्य बिदा कटौती गरेको छ ।

क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तहको भर्ना एकैपटक खोल्ने, फारम वितरण गर्ने र प्रवेश परीक्षा लिने व्यवस्था छ । शिक्षाध्यक्ष प्रा.डा. केसीले सबै विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । स्रोतका अनुसार त्रिविका पदाधिकारीले शुक्रबार र शनिबार क्यालेडरका बारेमा अध्ययन गरेको थियो ।

अघिल्ला उपकुलपति प्राडा धर्मकान्त बाँस्तोलाको कार्यकालमा २० विद्यार्थी संगठनसँग छलफल गरी क्यालेन्डर तयार गरेको थियो । सो क्यालेन्डरअनुसार पनिकाले परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित गर्न नसकपछि नया पुनः नयाँ क्यालेन्डर तयार गरेको हो । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले कार्यभार सम्हालेकै दिन क्यालेन्डर लागू गर्ने बताउनुभएको थियो। सोहीअनुसार क्यालेन्डर तयार भएर सार्वजनिक गरी लागू गर्ने तयारी भइरहेको छ ।

सायद एक दुई दिनमा काउन्सिलको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छ। काउन्सिलमा उपकुलपति, रेक्टर र रजिस्टार, परीक्षा नियन्त्रक र केही डीनसहित १० जनाको हुनेछ । त्रिविले क्यालेन्डर लागू गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरिसकेको छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *