कृषि मन्त्रालयका प्राविधिक कर्मचारीको आन्दोलन आज पनि जारी

Share this news:


असार १८, २०८१ । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार पनि धर्ना जारी राखेका छन् ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका छन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।

चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरुले काम नगरेपछि सरकारलाई दबाब सिर्जना भएको उनीहरुको दाबी छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *