क्रिकेटर लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

Share this news:

जेठ १७, २०८१ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामछिानेलाई पनि टी–२० विश्व कपखेल्ने टोलीमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । नेपाली टोली अमेरिका पुगिसकेको छ । तर, दूतावासले भिसा दिन नमान्दा लामिछाने जान पाएका छैनन् ।

टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दूतावासबाट अस्वीकार यसअघि पनि भएको थियो ।

यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन । फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो ।

टी–२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका छन् । नेपालले पहिलो खेल जुन ४ (२२ जेठ) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *