सबै विधा समृद्ध भए मात्र मुलुकको समृद्धि : रक्षामन्त्री उप्रेती

Share this news:


असार ९, २०८१ । रक्षामन्त्री हरि उप्रेतीले सबै विधा समृद्ध नभईकन मुलुकलाई अगाडि बढाउन नसकिने बताएका छन् । १२ औं नेपाल अफ्रिकन फिल्म फेस्टिभल समापन कार्यक्रममा उनले सबै विधा समृद्ध नभईकन र मुलुकलाई अगाडि बढाउने प्रतिवद्धता निष्ठा नभईकन मुलुक अगाडि बढ्न नसक्ने भन्दै सबै क्षेत्रको समृद्धि जरुरी रहेको बताए ।

सबै क्षेत्र र विधा समृद्ध हुन्छ ,अनि मुलुकको समृद्धि हुन्छ । सबै विधा समृद्ध नभईकन, सबै विधामा यो मुलुकलाई अगाडि बढाउने प्रतिवद्धता निष्ठा नभईकन मुलुक अगाडि बढ्न पनि सक्दैन । कलाकारिता क्षेत्रमा, गायन क्षेत्रमा, विकासको क्षेत्रमा, सबै क्षेत्रको समृद्धि जरुरी छ । र मुलुक समृद्ध भएपछि नै हामी त्यो कलालाई टिकाउन सक्छौँ ।
उनले अबको १० वर्षमा विकसित देशको तुलनामा पुग्ने र देशका जनता विकसित देशका जनता बराबरमा पुग्ने समेत दाबी गरे । मुलुकलाई समृद्ध बनाएर समृद्ध मुलुकबाट पाउने पारिश्रमिक आफ्नै जीवनमा पाएर विकासको अनुभुति गर्दै देशलाई बनाउने यही हात हो भनेर प्रमाणित गर्न सकिने उनको भनाई छ ।

उनले भने, ‘यो देश १० वर्षमा विकसित देशको तुलनामा पुग्छ र यो देशका जनता विकसित देशका जनता बराबर हुन्छन् । यो भावी सन्ततिको लागि भन्नै पर्दैन । यो मुलुकलाई समृद्ध बनाईकन त्यो समृद्ध मुलुकबाट पाउने पारिश्रमिक हामीले हाम्रो आफ्नै जीवनमा पाएर विकासको अनुभुति गर्न हामी जान सक्छौ । यो देशलाई बनाउने हामी हौं, यही हात हो भनेर प्रमाणित गर्न सक्छौँ ।’

मन्त्री उप्रेतीले कलाकारितालाई र संस्कृतिलाई जीवन्त राख्न सबै जुट्नुपर्ने आवश्यकतालाई औँल्याए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *