३.९३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Share this news:

जेठ १४, २०८१ । साताको दोस्रो दिन सेयर बजारमा ३.९३ अंकको बढोत्तरी छ । नेप्से २११३.२७ विन्दुमा रहँदा कारोबार रकम भने घटेको छ ।

आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा रहँदा १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको थियो । सोमबार ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ ।

वाणिज्य बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहले बजार घटाएका हुन् । १३ मध्ये १० उपसमूह बढे पनि केही दिनयता बजार थामिरहेको वाणिज्य बैंक घट्दा कारोबार रकममा असर परेको देखिएको छ ।

सोमबार लगानी १.८० र फाइनान्स उपसमूह १.४१ प्रतिशतले बढेका छन् । अन्य आठ उपसमूहको बढोत्तरी समान्य छ ।
१४९ कम्पनीको सेयरमूल्य बढेको छ भने ९० को घटेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउसको सेयरमूल्य बढेर सर्किट लागेको छ । कालिन्चोक दर्शन र पोखरा फाइनान्स पनि बढेका छन् ।

सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रस्ट्रक्चर परेको छ । उक्त कम्पनीको २० करोड ४० लाखको सेयर किनबेच भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १८ करोड ५२ लाख, पोखरा फाइनान्सको १८ करोड ४७ लाख, हाथवे इन्भेस्टमेन्टको १० करोड ४२ लाख र कालिन्चोक दर्शनको ९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरमूल्य सर्वाधिक नोक्सान बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्तालाई भएको छ । उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *