सेयर बजार घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

Share this news:

जेठ ३१, २०८१ । साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ । बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ ।

जबकी बजारमा बढोत्तरीको क्रमले निरन्तरता पाउँदा बुधबार सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा थियो । १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको थियो । यसअघि मंगलबार १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार विकास बैंक र फाइनान्सबाहेक सबै उपसमूह घट्दा सूचक प्रभावित भएको हो । फाइनान्स २.०३ र विकास बैंक उपसमूह १.३१ प्रतिशतले बढेका छन् । ९४ कम्पनीको सेयरमूल्य बढ्दा समृद्धि फाइनान्ससँगै र कुथेली बुखारी साना जलविद्युतको सेयरमूल्य बढेर पोजिटभ सर्किट लागेको छ । राष्ट्र बैंकबाट मर्जरमा जान स्वीकृति पाएको साधना लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ । सप्तकोशी विकास बैंक, बाराही हाइड्रोपावर पनि सेयरमूल्य उल्लेख्य बढेका कम्पनीको सूचीमा छन् ।

सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्सको २८ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै साताको पाँचौ दिन भने एनआरएन इन्फ्रास्ट्रक्चर बढी कारोबार हुने कम्पनीको सूचीमा दोस्रो नम्बरमा परेको छ । उक्त कम्पनीको २० करोड ५७ लाखको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख र सीइडीबी हाइड्रोपावरको १२ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

१४७ कम्पनीको सेयरमूल्य घट्दा मध्य सोलु हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे । उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर, एनआरएन इन्फ्रस्ट्रक्चर, कुमारी धनवृद्धि योजना, महुली लघुवित्तलगायतको सेयरमूल्य घटेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *