सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार १४ वर्षपछि पक्राउ

Share this news:


असार १०, २०८१ । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन् ।

राउतलाई जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *