प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

Share this news:


असार १९, २०८१ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *