नेप्से परिसूचक २३.२५ अंकले बढ्यो

Share this news:


असार २६, २०८१ । सेयर बजार नेप्से २३ दशमलव २५ अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने ३२२ कम्पनीको ७२ हजार ७ सय १४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ । १३ उपसमूहमध्ये १२ वटाको बढेको छ भने विकास बैंक १३ दशमलव २० अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *