यू१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश

Sharing is caring!

कात्तिक २, २०८० । मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको साउदीअरबविरुद्धको खेलमा ३०१ रनको विशाल जित निकालेको नेपालले समूह चरणमा तीनवटै खेलमा सहजसहित सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए ।

नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *