कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Share this news:


असार १७, २०८१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ । यसको साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने अनुमान पनि गरिएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *