देशैभर फैलियो मनसुन, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Share this news:


असार ११, २०८१ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको सम्भावना छ । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रोसँग वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार यो वर्ष मनसुन देशभर फैलन १५ दिन लागेको छ । नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । योसँगै नेपालमा अब पश्चिमी वायुको असर पनि हटेको छ । यद्यपी मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन अझै समय लाग्ने विभागले जनाएको छ ।

हाल बिहानैदेखि गण्डकी प्रदेशका केही स्थान, कोसी र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

मंगलबार राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत पानी पर्ने विभागले उल्लेख गरेको छ ।

राती कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले सर्तकता अपनाउन आग्रह गरेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *