आज पहाडी भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना

Share this news:

जेठ १७, २०८१ । आज कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकोले कोशी र सुदुरपश्चिम प्रदेशसँगै पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

बिहीबार दिउँसो कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्या्ङ्ग सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *