आज यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा

Share this news:

जेठ १५, २०८१ । आज काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ । जसकारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको विभागले जनाएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *