आइसीसी टी–२० विश्वकपमा बंगलादेश विजयी, श्रीलंकाको दोस्रो हार

Share this news:

जेठ २६, २०८१ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो ।

खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासको हो । सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशको ब्याटिङलाई लिटन दास र हेरिडोले सम्हालेका थिए । लिटन दास ३८ बलमा ३६ रन बनाएर आउट हुँदा एक छक्का र २ चौका प्रहार गरे । यसैगरी हेरिडोले २० बलमा ४० रनको आक्रामक पारि खेल्दा चार छक्का र एक चौका हिर्काए ।

सकिब अल हसन ८ रनमा आउट हुँदा कप्तान नजिमुल होसेन ७ रनमात्र जोडेर पभेलियन फर्किए । अन्तिम २ ओभरमा ११ रन आवश्यक परेका बेला बंगलादेशका मोहम्दुल्लाहले छक्का प्रहार गर्दै जित नजिक लगेका थिए । उनले १३ बलमा १६ रनको नटआउट पारि खेल्दै जित दिलाए ।

श्रीलंकाका नुवान तुसाराले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । वानेन्दू हसरंगाले दुई विकेट हात पारे ।
डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो । खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए ।

यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ । चार खेलाडीले खाता पनि खोल्न सकेनन् । बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीन तीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे । तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो ।

जितसँगै नेपाल पनि रहेको समूह डीमा बंगलादेशले २ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमै जित हात पार्दा श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *