संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री सकरात्मक, कांग्रेस अडानमै

Share this news:

जेठ ५, २०८१ । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल सकरात्मक भएको नेताहरुले बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले अघि सारेका मागका विषयमा प्रधानमन्त्री दाहाल सकरात्मक हुनुभएको प्रतिक्रिया दिए ।

लेखकले प्रधानमन्त्री गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहना राख्नुभएको बताए । कांग्रेसले भने सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउँदा ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान राखेको सचेतक लेखकले सुनाए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकसहितका नेताले छलफल गरेका थिए ।

संसद खुलाउने विषयमा आफूहरु सकारात्मक रहेको र प्रधानमन्त्रीलाई पनि सकारात्क पाएको कांग्रेस नेताहरुले संचारकर्मीहरुसमक्ष प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री दाहाल स्वयम पनि संसदीय समिति बनाउने विषयमा सकरात्मक रहेपनि सत्ता साझेदर दल एमाले भने अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *