घरेलु मदिरा नष्ट अभियानमा रौतहट प्रहरी, भट्टीहरु तोडफोड

Share this news:

जेठ २२, २०८१ । रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरु नष्ट गरेको हो ।

गौर नगरपालिका ५ स्थितमा बस्ने सुुशिल श्रेष्ठले अवैध रुपमा संचालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट तयारी मदिरा १५ लिटर, कच्चा पदार्थ दुईसय लिटर घरेलु मदिरा प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।

भट्टीबाट मदिरा बनाउन प्रयोग गरिने ग्यास एकवटा, ग्यास चुलो एकवटा र भाडाबर्तन ३१ वटा समेत नियन्त्रणमा लिएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीय सामाजिक अगुवाहरुको रोहवरमा नष्ट गरिएको छ । त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुदै आएको सूचनाका आधारमा प्रहरीले भट्टीहरु नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरिक्षक एलिजा गिरीका अनुसार प्राय घरेलु मदिराका कारण गाँउ घरमा झै झगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरु नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको हो ।

भारतीय भूमीमा मदिरा बिक्री वितरणमै रोक लगाइएकाले भारतीय नागरिक नेपालतर्फ खुलेका अवैध भट्टीमा मदिरा पिउन आउने गर्छन । जसका कारण समाजिक अपराधका घटना बढेको प्रहरीको वुझाई छ ।

घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाई छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयमा सूचना प्राप्त हुने बितिकै त्यहाँ प्रहरी पुगेर धमाधम भट्टी पसल भत्काउने काम गदै आएको उल्लेख गरेको छ ।

जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी, प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट खटिएर प्रहरीले अवैध घरेलु मदिरा बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *