बिचार/ समाज - Hitkhabar https://hitkhabar.com/category/post-social/ The new era of Information Sat, 04 May 2024 07:24:15 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg बिचार/ समाज - Hitkhabar https://hitkhabar.com/category/post-social/ 32 32 डेनमार्कमा गर्भपतन सम्बन्धी नयाँ कानून लागु https://hitkhabar.com/abortion-laws/ https://hitkhabar.com/abortion-laws/#respond Sat, 04 May 2024 05:05:44 +0000 https://hitkhabar.com/?p=28864

वैशाख २२, २०८१ । डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइएको छ । ५० वर्ष अघिको कानुनमा संशोधन गरी शुक्रबारबाट नयाँ कानून

The post डेनमार्कमा गर्भपतन सम्बन्धी नयाँ कानून लागु first appeared on Hitkhabar.

The post डेनमार्कमा गर्भपतन सम्बन्धी नयाँ कानून लागु appeared first on Hitkhabar.

]]>

वैशाख २२, २०८१ । डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइएको छ । ५० वर्ष अघिको कानुनमा संशोधन गरी शुक्रबारबाट नयाँ कानून लागु गरिएको छ ।

कानुन अनुसार अब डेनमार्कका महिलाहरुले १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने छन् । यसैगरी आमाबाबुको सहमति बिना १५ देखि १७ वर्षका केटीहरूलाई गर्भपतन गर्न अनुमति दिन कानून पनि परिवर्तन गर्ने तयारी सरकारले गरेको छ ।

देशका लैङ्गिक समानता मन्त्री मारी बेजेरेले डेनमार्कले विश्वका अन्य भागमा महिला अधिकारलाई सुदृढ गर्दै जाँदा महिला अधिकारलाई बलियो बनाएको बताइन् । उनले महिलाको व्यक्तिगत स्वतन्त्रता उनको शरीर र उनको जीवनको बारेमा निर्णय गर्ने अधिकार रहेको बताउँदै महिला समानताको ऐतिहासिक दिनको रुपमा व्याख्या गरिन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार डेनमार्कमा सन् १९७३ मा निःशुल्क गर्भपतन सुरु गरिएको थियो । गर्भपतनको लागि सीमा १२ हप्तामा तोकिएको थियो । किनभने त्यस समयमा सबै गर्भपतनहरू शल्यक्रियाद्वारा गरिन्छ र १२ औं हप्ता पछि गर्भपतन गर्दा जटिलताहरूको उच्च जोखिम थियो ।

डेनमार्कमा १५ वर्षसम्मका केटीहरूले गर्भपात गर्नु अघि आमाबाबुको सहमति लिन आवश्यक छ । तर १५ वर्ष भन्दा माथिका केटीहरूलाई आफ्नो शरीरको बारेमा आफ्नै निर्णय गर्ने अधिकार छ । यो गर्भपतन सम्बन्धी कानून जुन १, २०२५ देखि लागू हुने सम्भावना छ ।

The post डेनमार्कमा गर्भपतन सम्बन्धी नयाँ कानून लागु first appeared on Hitkhabar.

The post डेनमार्कमा गर्भपतन सम्बन्धी नयाँ कानून लागु appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/abortion-laws/feed/ 0
सहरको चिया चलन : मेसो नयाँ व्यवसायको https://hitkhabar.com/t-tea/ https://hitkhabar.com/t-tea/#respond Wed, 01 May 2024 07:29:51 +0000 https://hitkhabar.com/?p=28630

वैशाख १९, २०८१ ।  बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने

The post सहरको चिया चलन : मेसो नयाँ व्यवसायको first appeared on Hitkhabar.

The post सहरको चिया चलन : मेसो नयाँ व्यवसायको appeared first on Hitkhabar.

]]>

वैशाख १९, २०८१ ।  बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन ।

हिजोआज साना–ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आगन्तुकलाई चिया खुवाएर सम्मान गर्ने गर्छन् । चियाको चलनले सहरमा व्यवसायको नयाँ स्वरुप विकास गरिरहेको छ । युवा व्यवसायी चिया पसल नौलो तरिकाले चलाउने जमर्कोमा जुटेका छन् ।

पारखीको खोजीलाई बुझेर थुप्रै थरी चिया बेच्ने काठमाडौं उपत्यकामा सहरमा प्रशस्त पसल र रेस्टुराँहरु छन् । जहाँ कोसेलीका रुपमा वा दैनिक प्रयोग गर्न चियाका पकेटहरु खरिद गर्ने गरिन्छ । त्यसबाहेक फरक फरक स्वादको चिया बिक्री गर्ने पसलहरु थपिएका थपिएकै छन् ।

काठमाडौंका खोला किनार वा करिडोर क्षेत्रमा तात्तातो चिया बिक्री गर्ने ‘टी–स्पट’हरु खुलेका छन्, जहाँ पारखीहरु झुम्मिइरहन्छन् । हिजोआज माटाका प्यालामा ‘मट्का चिया’ पिउनु फेसन नै बनेको छ । भारतबाट भित्रिएको यस्तो फेसन नेपालमा खुबै चलेको छ ।

चिया सत्कारको संस्कृतिमा मात्र सीमित छैन, अर्थतन्त्र र पर्यटनसँग प्रत्यक्ष जोडिएको छ । चियाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छ ।

चियाविज्ञ उदय चापागाईं नेपाली चियाको बजार विश्वभर फैलिंदै गएकाले भावी दिनमा सिंगो अर्थतन्त्रमै महत्वपूर्ण हिस्सेदार बन्ने निश्चित भएको बताउँछन् । नेपालभित्रै पनि चिया संस्कारका रुपमा फैलिदै गएको र यसले रोजगारीमा प्रत्यक्ष सहयोग पुर्याएको उनको बुझाइ छ ।

‘अब नेपाली चियाको साम्राज्य फैलिसकेको छ । गुणस्तरीयताका कारण जापान, जर्मन, फ्रान्स, चीन जस्ता मुलुकहरुले हाम्रो चिया रुचाएका छन,’ चापागाईले भने ।

चिया वास्तवमा जादूयी पेय हो । यसले सम्बन्धहरुलाई नवीकरण गरिदिन्छ । तेह्रौं शताब्दीमा पहिचान भएको चिया अहिले नेपालीहरुको आदत बनेको छ । काठमाडौंको मात्र कुरा गर्ने हो भने चिया बेचेर जीविका चलाउनेहरुको संख्या बढ्दो छ ।

शंखमुलमा रहेको ‘दाह्री भाईको चिया पसल’, नयाँ बानेश्वरस्थित के एण्ड के कलेज अगाडिको ‘चिया सागर’, निर्माता तथा नायक संजोग कोइरालाले बानेश्वर चोकबाट शंखमुलतिर जाने बाटो छेउ खोलेको ‘चिया अड्डा’ र त्यसका आउटलेटहरु यसका उदाहरण हुन् ।

‘हेल्थ ड्रिंक’ र आनन्दका लागि पिउने गरिएको चिया अहिले नेपालभर चिया भेराइटीको स्वाद चखाउने पसल संचालन गर्ने ट्रेण्ड चलेको छ । दर्जनौं स्वादमा चिया बेचेर पारखीहरुको मन जित्ने क्रम चलेको छ । दूधसँग र दूधबिनै पिउने गरी चिया उमालेर बेच्ने व्यवसाय फस्टाएको छ ।

ग्रीन टी, ब्ल्याक टी, सिल्भर टी, येल्लो टी, ह्वााइट टी, ग्रिन टी, ‘स्पेसल ग्रीन’जस्ता चियाका भेराइटी पसलहरुमा खुबै चलेको छ । चिया पसलहरुमा मसला चिया, नरिवल चिया, मट्का चिया, हनी जिन्जर चिया, प्लेन, नर्मल, लेमन, ब्ल्याक मसलालगायतका चिया धेरै चल्तीमा छन् ।

कोटेश्वर महादेवस्थानमा चिया पसल चलाइरहेका बद्रीप्रसाद चौलागाईले चिया पसलले जीवन निर्वाहमा सहज भएको बताए । ‘हामीले धेरै दुःख पायौं, रोजगारी पाएनौं भनेर विदेश जाने चलन छ । तर म यहाँ चिया बेचेर दिनमा सबै खर्च कटाएर दुई हजारदेखि २५ सयसम्म कमाइरहेको छु,’ उनले भने । आफूले धेरैजसो दूध चिया नै बेच्ने गरेको सुनाए ।

सुविधानगरस्थित आलोकनगरको नदी किनारमा चिया पसल चलाइरहेको सिद्धार्थ बुढाथोकी आफ्नो पसलमा दूध चिया, हर्बल चिया, ग्रीन टी धेरै बिक्री हुने गरेको सुनाए । ‘खासमा हामी यहाँ चियाका पारखीहरुलाई चियाको महत्वका बारेमा पनि बुझाउने प्रयासमा छौं । ग्रीन टी र हर्बल टीले स्वास्थ्यका बारेमा बुझाउने प्रयासमा छौं,’ उनले भने,‘चिया बेचेर मनग्गे आम्दानी गर्न सकिन्छ । जीवन चलाउन सकिने रहेछ भन्ने अनुभूति भइरहेको छ ।’

नेपालमा व्यापार व्यवसाय गर्ने, स्थानीय उत्पादनलाई प्रवर्धन गर्नेलाई राज्यबाट सहयोग नभएको बुढाथोकीले गुनासो गरे । ‘विदेशमोह त्यागेर यहाँ चिया बेच्न थालेको छु । तर नेपालमा व्यापार गर्ने मानिसलाई सहज वातावरण छैन । त्यसको लागि सरकारले हेर्नुपर्छ । युवाहरुको लागि सरकारले केही गर्नुपर्छ र अवसर दिनुपर्छ ।’

आलोकनगरका अर्का चिया व्यवसायी सिद्धार्थ बुढाथोकी आफ्नो पसलमा धेरै माग भनेको दूधको चियाको नै हुने गरेको बताउँछन् । ‘हर्बल चियाहरु पनि छ तर त्यसको बारेमा खासै धेरै जनालाई थाहा नभएको कारणले कम बिक्री हुन्छ । त्यही भएर ग्रीन टी स्वास्थ्यका लागि राम्रो भएको कारण कसरी बढी चर्चामा ल्याउने भनेर कोसिस गर्दै छौं,’ उनले भने ।

अहिले स्वदेशमा केही हुँदैन भन्दै युवाहरु बाहिर गइरहेका छन् । उनको भनाइ प्रेरक छ । ‘नेपालमा पनि केही गर्न सकिन्छ । व्यवसाय सानो ठूलो हुँदैन । जे गरे पनि भित्री मनदेखि गर्नुपर्छ । मनदेखि गर्ने हो भने सबै काम हुन्छ नहुने भन्ने केही पनि छैन,’ उनी भन्छन्, ‘म विदेश नै जानु चाहिँ भन्दिन, तर सकेसम्म अवसर प्राप्त हुन्छ भने नेपालमै गर्दा पनि राम्रो हो ।’

सरकारलाई एकोहोरो गाली गर्नुभन्दा आफूले पनि प्रयास गरेर व्यवसायी हुन सकिने उनको अनुभव छ । ‘हामीले दूधहरु सिधै किसानहरुबाट नै ल्याउने हो । हामीले प्रायजसो लोकल मार्केटलाई नै बढी प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘चियापती, ग्रीन टी सबै नेपाली नै प्रयोग गर्ने गरेका छौं ।’

The post सहरको चिया चलन : मेसो नयाँ व्यवसायको first appeared on Hitkhabar.

The post सहरको चिया चलन : मेसो नयाँ व्यवसायको appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/t-tea/feed/ 0
‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’ https://hitkhabar.com/social-security-fund/ https://hitkhabar.com/social-security-fund/#respond Tue, 30 Apr 2024 10:15:03 +0000 https://hitkhabar.com/?p=28552

वैशाख १८, २०८१ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी)ले सामाजिक सुरक्षा कोषमा ५० अर्ब रकम जम्मा भइसक्दा पनि श्रमिकले

The post ‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’ first appeared on Hitkhabar.

The post ‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’ appeared first on Hitkhabar.

]]>

वैशाख १८, २०८१ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी)ले सामाजिक सुरक्षा कोषमा ५० अर्ब रकम जम्मा भइसक्दा पनि श्रमिकले सिटामोल नपाएको बताएको छ ।

१३५औं मे दिवसको अबसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जेटियूसीसीले पुराना ट्रेड युनियनहरुको चरित्र परिवर्तन भएको बताउँदै उनीहरु पुँजीपती वा सत्ता पक्षीय भएकोले नेपालमा ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको बताएको छ ।

मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेटियूसीसीले १९ बुँदे माग पनि सार्वजनिक गरेको छ । औपचारिक तथा अनौपचारिक दुबै क्षेत्रमा काम गर्ने श्रमिकका लागि सामाजिक सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, रोजगारदाताको लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, श्रम ऐन दफा १४५ लगायत श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्नेलगायत रहेका छन् ।

त्यसैगरी श्रमिकलाई बाँच्न पुग्ने ज्यालाको व्यवस्था गर्नुपर्ने, श्रमिक अस्पताल निर्माण गर्नुपर्ने, सामाजिक सुरक्षा करको रुपमा श्रमिकसँग कट्टा गरेको रकम सामाजिक सुरक्षा कोषमा नै जम्मा गर्ने व्यवस्था गर्नुपर्ने पनि जेटियूसीसीले माग गरेको छ ।

संयुक्त विज्ञप्तिमा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमल कुमार खनाल, जेटियूसीसी तथा आइसीटियूका अध्यक्ष विष्णु लम्साल, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल, एकीकृत ट्रेड यूनियन महासंघ, स्वतन्त्रका अध्यक्ष युवराज बिके, राष्ट्रिय ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष केशव अधिकारी, नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु पौडेल र स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष शिवप्रसाद पन्तले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा मजदूर नेताहरुले सातवटा दर्तावाल ट्रेड युनियन मिलेर वैधानिक जेटियूसीसी स्थापना भएको बताउँदै संस्थाको नाममा अवैधानिक गतिविधि गर्नेविरुद्ध अदालतमा मुद्दा दायर गरेको समेत जानकारी दिएका थिए ।

यस्ता छन् जेटियूसीसीले अगाडि सारेका १९ बुँदे मागहरुः

१. औपचारिक तथा अनौपचारिक दुबै क्षेत्रमा काम गर्ने श्रमिकका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ।
२. रोजगारदाताको लागि लगानीमैत्री वातावरण निर्माण गर्न पहल गर्नुपर्ने ।
३. श्रम ऐनको दफा १४५ लगायत श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने ।
४. प्रतिस्ठानस्तरको ट्रेड युनियन नविकरण गर्न सहज र सरल बनाउनुपर्ने ।
५. श्रम क्षेत्रका मुद्दाहरुलाई सम्बोधन गर्न अर्धन्यायीक निकायको रुपमा राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने ।
६. श्रम ऐन २०४७ मा भएको श्रम निरीक्षण प्रणाली सम्बन्धी प्रावधान कार्यान्वयन गर्न आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति तयार गर्नुपर्ने, साथै श्रम कार्यालयको संस्थाको विस्तार गर्नुपर्ने ।
७. श्रमिकका लागि रासन कार्डको व्यवस्था गर्नुपर्ने र ७५३ वटै पालिकामा शुपथ मूल्यका पसलहरु संचालन गरी श्रमिकहरुले रासन कार्डका आधारमा उपभोग्य बस्तु खरिद गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने ।
८. स्वास्थ्य सेवा अत्यन्त महंगो भएकोले श्रमिकहरु स्वास्थ्य उपचारबाट बञ्चित रहँदै आएका छन् । यही कुरालाई मध्यनजर गर्दै श्रमिकका लागि श्रमिक बहुल क्षेत्रमा अस्पताल निर्माण गर्नुपर्ने ।
९. सार्वजनिक क्षेत्रमा कार्यरत करारमा भएका कामदार कर्मचारीहरुलाई सामाजिक सुरक्षामा संलग्न गराउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने ।
१०. श्रमिकलाई बाँच्न पुग्ने ज्यालाको व्यबस्था गर्नुपर्ने ।
११. संगठन स्वतन्त्रता सम्बन्धी आइएलओ महासन्धी ८७ लगायतका महत्वपूर्ण महासन्धीहरु अनुमोदन गर्नुपर्ने ।
१२. राज्यको हरेक नीति निर्माण गर्ने निकायमा श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने ।
१३. नियमित प्रकारको काममा आउट सोर्सिङ कम्पनीमाफृत श्रमिक हायर गनृए कार्यलाई तत्काल रोक्नुपर्ने ।
१४. सामाजिक सुरक्षा करको रुपमा श्रमिकसँग कट्टा गरेको रकम सामाजिक सुरक्षा कोषमा नै जम्मा गर्ने व्यवस्था गर्नुपर्ने ।
१५. अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको स्थानीय पञ्जिकरण गर्ने स्थायी व्यवस्था गर्नुपर्ने ।
१६. गैर नेपाली नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृत लिनुपर्ने प्रावधानलाई कडाईका साथ लागू गर्दै अनावश्यक कामदार भित्र्याउने काम तत्काल रोक्नुपर्ने ।
१७. शिक्षक, कर्मचारीहरुको ट्रेड युनियन अधिकार सुनिश्चित हुनेगरी शिघ्र ऐन कानुन निर्माण गर्नुपर्ने ।
१८. सरकारले उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी वृद्धि गर्नुपर्ने ।
१९. श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएका ट्रेड युनियन महासंघहरुलाई केन्द्रीय श्रम सल्लाहाकार परिषद्मा अनिवार्य रुपमा प्रतिनिधित्व गराउने व्यवस्था गरी श्रमिक वर्गको नीति निर्माणको तहमा प्रतिनिधित्व गर्ने गराउने व्यवस्थाको सुनिश्चित गरिनुपर्ने ।

The post ‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’ first appeared on Hitkhabar.

The post ‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/social-security-fund/feed/ 0
आजदेखि ललितपुर महानगरले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क उपचार गर्ने https://hitkhabar.com/cervical-cancer-early-screening/ https://hitkhabar.com/cervical-cancer-early-screening/#respond Wed, 24 Apr 2024 07:27:32 +0000 https://hitkhabar.com/?p=28060

वैशाख १२, २०८१ । ललितपुर महानगरपालिकाले आजदेखि महानगरभित्रका २९ वटै वडाहरुमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण (स्क्रिनिङ) सेवा सुरु गरेको

The post आजदेखि ललितपुर महानगरले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क उपचार गर्ने first appeared on Hitkhabar.

The post आजदेखि ललितपुर महानगरले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क उपचार गर्ने appeared first on Hitkhabar.

]]>

वैशाख १२, २०८१ । ललितपुर महानगरपालिकाले आजदेखि महानगरभित्रका २९ वटै वडाहरुमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण (स्क्रिनिङ) सेवा सुरु गरेको छ ।

गत वर्ष देखी नै ३० देखि ६० वर्ष उमेर समूहका एक हजार २४० जना महिलाहरुको एचपिभि डिएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परिक्षण र उपचारको पहल गर्दै आएको महानगरपालिकाले यो वर्षबाट २९ वटै वडाहरुमा स्क्रिनिङ सेवा बुधबारबाट विस्तार गरेको हो । गत वर्ष परिक्षण गरिएका मध्ये १४ प्रतिशत महिलामा पाठेघरको क्यान्सर पोजेटिभ देखिएको महानगरपालिकाको प्रवक्ता राजु महर्जनले बताए ।

सुरुमा वडावडामा पुगेर जनचेतना जगाउने,दोस्रोमा स्क्रिनिङ गर्ने र परिक्षण पछि पोजेटिभ देखिए सल्लाह सुझावका साथै उपचार समेत महानगरले निशुल्क गराउने प्रवक्ता महर्जनले जानकारी दिए । ‘पहिला वडावडामा पुगेर अभिमुखीकरण कार्यक्रम गर्ने, परिक्षण गर्ने र क्यान्सर पोजेटिभ आएका महिलाहरुलाई डाक्टरसँग छलफलमा ल्याएर उहाँहरुको क्यान्सर कुन अवस्थामा पुगेको हो सम्पूर्ण कुरा जानकारी गराउाछौं । जतिपनि पोजेटिभ आएका हुनुहुन्छ उहाँहरुको महानगरपालिकाले निशुल्क उपचार गराउने लक्ष्य हाम्रो छ’ प्रवक्ता महर्जनले भने ।

महानगरले नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा निशुल्क उपचार सेवा प्रदान गर्न लागेको हो ।
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण र उपचार सबैको पहुँचमा पुर्याउन जनचेतना बढाउने उद्देश्यले महानगरले पाठेघरको मुखको क्यान्सरविरुद्ध स्वास्थ्य शिविर सुरु गरी २९ वटै वडाहरुमा एक पटकमा दुई सय जनाको दरले स्वास्थ्य परिक्षण गराउने भएको हो ।

नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिङ) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरुमध्ये प्रभावकारी मानिएको एचपिभि डिएनए विभिबाट परिक्षण गर्दै आएको जानकारी गराइन । नेपाल क्यान्सर केयर फाउण्डेशनको आँकडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सर सुरुमै स्क्रिनिङ गरी उपचार गरे पूर्ण रुपले बच्न सकिन्छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले महिलामा पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका कारण हुने भएकाले विवाह हुने उमेर भन्दा अगाडि नै किशोरीहरुलाई क्यान्सर विरुद्धको खोप दिन सके क्यान्सर निमुल पार्न सकिने बताए । सोही अनुसार नै सरकारले चौध वर्ष उमेर समुहका दश हजार किशोरीलाई खोप लगाएको उल्लेख गरे । उनले आउने वर्ष १०–१४ वर्ष उमेरका नेपालभरिका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने अभियानको तयारी सरकारले गरिरहेको बताए ।

‘हामीले खोपको लागि गृहकार्य गरिरहेका छौं । सरकारले गत वर्ष २० हजार खोप ल्याएको थियो, दश हजारलाई हामीले लगाउन सफल भयौं । आउने वर्ष हामी नेपाल भरिकै १० देखि १४ वर्ष उमेर समुहका सबै किशोरीहरुलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान नै सञ्चालन गर्ने तरखरमा छौं,’ लालले भने ।

The post आजदेखि ललितपुर महानगरले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क उपचार गर्ने first appeared on Hitkhabar.

The post आजदेखि ललितपुर महानगरले पाठेघरको मुखको क्यान्सरको नि:शुल्क उपचार गर्ने appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/cervical-cancer-early-screening/feed/ 0
दुनियामा पुँजीवादको सुरुवात कसरी भयो ? के नोकरी गर्नु मात्रै श्रमिकको जिन्दगी हो ? https://hitkhabar.com/jobs-in-different-fields/ https://hitkhabar.com/jobs-in-different-fields/#respond Tue, 23 Apr 2024 12:38:03 +0000 https://hitkhabar.com/?p=28015

वैशाख ११, २०८१ । धेरैजसो मानिस नोकरी (विभिन्न क्षेत्रमा जागिर) गर्छन् । महिनाको अन्तिम दिन एक निश्चित तोकिएको रकम तलबको रुपमा

The post दुनियामा पुँजीवादको सुरुवात कसरी भयो ? के नोकरी गर्नु मात्रै श्रमिकको जिन्दगी हो ? first appeared on Hitkhabar.

The post दुनियामा पुँजीवादको सुरुवात कसरी भयो ? के नोकरी गर्नु मात्रै श्रमिकको जिन्दगी हो ? appeared first on Hitkhabar.

]]>

वैशाख ११, २०८१ । धेरैजसो मानिस नोकरी (विभिन्न क्षेत्रमा जागिर) गर्छन् । महिनाको अन्तिम दिन एक निश्चित तोकिएको रकम तलबको रुपमा लिन्छन । तर, तपाईं यो सोच्नुहोस् त ती मानिसहरु काम किन गर्छन् ? तपाईं यो प्रश्नको उत्तरमा यो पनि भन्नुहोला काम तलब लिनको लागि गर्छन् । तलब लिएपछि के हुन्छ ? त्यसबाट खान, परिवार चलाउन सबै कुरा हेर्ने हो भने जिन्दगी जिउन मानिसहरु काम गर्छन् । तर जिन्दगी के हो ? दिनको १२ घण्टा त उनीहरुको अफिसमै बित्छ, अर्थात् नोकरी गर्ने मानिसहरु आफ्नो जिन्दगीको एक ठूलो हिस्सा समय नोकरी (काम) गर्नमै बिताउँछन्, अर्थात् नोकरी नै उनीहरुको जिन्दगी हो ।

अझै पनि प्रश्न उही छ, नोकरीले के गर्छ ? जिन्दगी जिउनका लागि जिन्दगी के हो ? खाली काम गर्दै जानु वा नोकरी नै जिन्दगी हो त ? मुख्यगरी माथि उल्लिखित यो विचारलाई पश्चिमका दार्शनिक एलन वाट्सले मन्थन गरेका थिए ।अहिले नोकरीबारेमा वर्तमान अर्थव्यवस्थामा प्रश्न गर्नु वास्तवमै छोटो हुन्छ । किन पनि भने अहिले धेरैजसो मानिसहरु काममै खट्छन । तर, मुट्ठी भरका धनी मानिसको हातमा पूरै विश्वभरको सम्पत्ति छ । उनीहरुका लागि पैसा काम गर्छ पैसाका लागि होइन ।

तपाईं यो विचार सुनेर यो माक्र्सवादी रहेछ भनी ठहराउनु होला । रोकिनुहोस्, हामी यो सिस्टम गलत छ भनिरहेका छैनौ तर, डेढ़ सय सालको इतिहासले नै यो बताउँछ कि अर्थव्यवस्था सायद यसै तरिकाले चल्न सक्छ । जसलाई हामी पुँजीवाद (क्यापिटालिज्म ) भन्छौं, भनिरहेका छौं ।

प्रश्न यो होइन कि तपाईं पुँजीवादको समर्थक हो वा विरोधी । ठूलो तर साधारण लाग्ने प्रश्न यो होकि पुँजीवाद नामक यो व्यवस्थाले पूरै दूनियालाई आफ्नो पकडमा कसरी लियो ? पुँजीवादी व्यवस्था कहाँबाट आयो ? यो व्यवस्था आउनु पूर्व के थियो ? के अब अगाडि अरु केही हुन सक्छ ? यो सबै प्रश्नको जवाफ पाउनका लागि क्यापिटालिजमको पूरै इतिहास जान्न आवश्यक छ ।

पुँजीवादभन्दा पहिले
यो कहानी तब सुरू हुन्छ जब हाम्रा पुर्खा जंगलमा रहने गर्दथे । त्यही जंगलमा घुमफिर गर्थे, त्यहीँ जीवन गुज्रने गर्दथ्यो । त्यसपछि खेतमा काम गर्न थाले । जंगलदेखि खेतसम्मको यात्रामा मानिसहरुको बीचमा एउटा नयाँ विचार आयो व्यक्तिगत सम्पत्तिको । १८०० साल ईसापूर्व कसैले यो भन्यो त्यो जमिन मेरो, र यहीँबाट सुरु भयो यो व्यक्तिगत सम्पत्तिको अवधारणाको ।

तर, कसरी यो सुनिश्चित भयो कि सम्पत्ति एकै व्यक्तिको भयो र त्यसमा कुनै दोस्रो व्यक्तिले हस्तक्षेप गर्दैन भनेर ? हो यसको सुनिश्चित राजशाहीले गरे । राजाको हातमा उस समय पूरा तागत थियो । जसले कानुन बनाउथे । यसै सिलसिलामा व्यक्तिगत सम्पत्ति (प्राइभेट प्रोपर्टी) एक हिसाबले कानुन बन्यो । अर्थात्, जसको जमिन उसकै जमिन, त्यसलाई तपाईं खरिद बिक्री गर्न त सक्नुहुन्छ तर त्यसलाई कसैले लुट्न सक्दैन ।

यो व्यवस्था लामो समयसम्म चल्यो । त्यसपछि सामन्तवादको सुरुआत भयो । अर्थात् सामन्तीको सत्ता । सामन्तहरु नै जमिनको मालिक हुने गर्थे र मजदुर वर्ग सामन्तीको खेतमा काम गर्थे । उनीहरुको खेतमा काम गरि अन्न उब्जाएबापत उपजको एक हिस्सा कामदारलाई मेहनतको रुपमा मिल्ने गर्दथ्यो । यूरोपको कुरा गर्ने हो भने १६ औं शताब्दीसम्म सामन्तवादले प्रभुत्व जमायो ।

यसपछि सुरु भयो मर्केन्टलिज्म (व्यापारवाद) को समय । जसलाई एक हिसाबका प्री–क्यापिटालिज्म पनि भन्न सकिन्छ । व्यापारवाद के थियो र यसको सुरुवात कसरी भयो बुझ्नलाई १६ औं शताब्दीको युरोपलाई बुझ्न आवश्यक हुन्छ ।

व्यापारवाद
१५१७ सालमा जर्मनीको विटनबर्ग सहरमा एक पादरीले चर्चको भित्तामा केही कागज टाँसिदिए । उस समय क्याथोलिक चर्चमा हुने गरेको भ्रष्टाचारको विरुद्धमा पहिलो पटक आवाज उठ्यो र सोही घटनाबाट इसाई धर्मको सुधारवाद सुरु भएको मानिन्छ । जुन पादरीको नाम थियो मार्टिन लूथर । उनी एक धर्म सुधारक थिए, जसलाई रोमन क्याथोलिक चर्चले बहिष्कार गर्दियो । लूथरको कारण त्यसबेला इसाई धर्ममै दरार पैदा भयो । क्याथोलिक भन्दा फरक अर्को प्रोटेस्टेंट इसाई शाखाको सुरुवात भयो ।

त्यस समय चर्च सबैभन्दा पवित्र र शक्तिशाली हुने गर्दथ्यो । यूरोपमा केही राजाहरु चर्चको एकाधिकारवादबाट छुटकारा पाउन चाहान्थे । जसले विस्तारै विस्तारै लूथरको क्रान्तिपछि खोलिएको प्रोटेस्टेंट शाखालाई अपनाउँदै गए ।
त्यसपछि युरोपमा इसाई धर्म दुई धारमा बाँडियो र चर्च (इसाई धर्म) को तागत कम मयो । विस्तारै मानिसहरु धर्मको डर र भयबाट बाहिर निस्किए र नयाँ ढंगबाट सोच्न, जान्न थाले ।

धर्मको अलावा पनि यूरोपमा अन्य समस्याहरु थिए । १४ औं शाताब्दीमा युरोपमा प्लेग फैलिएको थियो । जस कारण यूरोपको झन्डै आधा मानिस प्लेगको सिकार भए र मरे । जसले युरोपमा कामदारको कमी भयो । यी दुई कारणले युरोपको समाजमा ठूला परिवर्तन आयो ।

त्यो थियो :
पहिलो परिवर्तन : सामन्त वा राजाहरु जुन पैसा चर्चमा खर्च गर्ने गर्दथे त्यो अब, उनीहरु व्यापार गर्न या बढाउनमा प्रयोग गर्न थाले ।
दोस्रो परिवर्तन : युरोपका जनताले ‘सेक्युलर’ विषय अर्थात् यो भन्न सकिन्छ कि जसको धर्मसँग कुनै सरोकार छैन त्यस्ता विषय पढ्न थाले । जस्तोकि : भौतिकशास्त्र, जीवशास्त्र, भूगोलजस्ता विषय पढे र ज्ञान र सीपमा आधारित कामका लागि सहरमा बसाईं सरे ।

त्यो समय भन्ने हो भने खेती पहिले जस्तो लाभकारी पेसा थिएन । त्यो किन पनि भयो भने कामदारको संख्या निकै कम थियो र जमिन पनि सीमित थियो । यस दौरान युरोपमा अर्थव्यवस्थालाई लिएर एक नयाँ विचार पैदा भयो, जसलाई हामीले व्यापारवाद (मर्केन्टलिज्म) भन्न थाल्यौं ।

मर्केन्टलिज्मभन्दा पहिले मानिसहरु खेतीमार्फत नै पैसा आर्जन गर्दथे । जमिन र खेती उस समय धन आर्जनको प्रमुख साधन थियो । तर, चाहे खेती गर्न होस् या पशुपालन गर्न जमिनको आवश्यकता त पर्ने नै भयो । तर, सीमित मात्रामा भएकाले मानिसहरुमा प्रश्न उठ्न थाल्यो कि पैसा कहाँबाट आउँछ ?

यहीँबाट व्यापारवादको सुरुवात भयो । जमिन लिमिटेड छ, त्यसकारण पैसा पनि लिमिटेड छ, यदी एक जनालाई धनी बन्नु छ भने अर्को व्यक्तिको जमिन खोस्नु पर्छ–यो व्यापारवादको सोच थियो । युरोपमा जमिन सीमित भएकाले उनीहरुले धनी हुनका लागि अर्को देशलाई नै लुट्ने सोच्न थाले ।

व्यापारवादको सुरुवाती समयमा दुई कुराले समस्या पैदा गर्यो । एकातिर अटोमन साम्राज्य (अहिलेको इस्तानबुल) पर युरोपेलीले कब्जा गरे भने अर्कोतर्फ मेडिटेरेनियन सागरको बाटोमा भेनिसले आफ्नो एकाधिकार जमायो । यी दुई कारणले गर्दा युरोप र एसियाबीचको व्यापार धेरै प्रभावित भयो । जुन समस्याबाट मुक्तिका लागि एक पोर्चुगाली भास्को डिगामा नाम गरेका व्यक्ति भारत पुगेको बताइन्छ ।

त्यसपछि पोर्चुगली इस्ट इण्डिया कम्पनी बन्यो । यसैगरी डच, फ्रेंच, ब्रिटिस इस्ट इण्डिया कम्पनी बन्दै गयो । ती सबको बीचमा व्यापारको लडाइ थियो । जुन लडाइमा युरोपका देशहरुले अफ्रिका र एसियामा आफ्नो प्रभुत्व जमाए । यस दौरान, भारतको कतिपय हिस्सालाई ब्रिटिस इस्ट इण्डिया कम्पनीले कब्जा गरेको थियो ।

ब्रिटेन सरकारले त इस्ट इण्डिया कम्पनीलाई ब्रिटेनबाट साढे तीन लाख पाउण्डको कपडा किनेर भारतमा सस्तो मूल्यमा बेच्न आदेश नै दिएको थियो । जसले भारतमा बन्ने उच्च गुणस्तरको कपडाको बजार ध्वस्त पार्ने रणनीति ब्रिटेनको थियो । अर्को आदेश पहिलोभन्दा पनि रोचक थियो, जुन व्यापारवादको मूल सिद्धान्त मानिन्छ । व्यापारवाद एक यस्तो नीति हो जसमा एकतर्फी खुला व्यापार दुई देशमा गर्न सकियोस् । ब्रिटेनले पनि भारतको साथमा त्यस्तै गरेको थियो ।

ब्रिटेनबाट भारत ल्याइने कपडामा भारतमा कर शून्य गराएर भारतमा बनेको कपडा आफूकहाँ पठाउनु पर्दा धेरै कर लगाएको थियो । कपडामा मात्रै होइन समुद्री जहाज, ह्याण्डीक्राफ्टका सामग्री तथा अन्य क्षेत्रमा पनि ब्रिटेनले यस्तै उच्च कर लगाएको थियो । किनभने त्यतिबेला भारतको ठूलो हिस्सा अंग्रेजको कब्जामा थियो । जसकारण भारतको कतिपय उद्योगधन्दा पूरै बन्द भयो र इङ्ल्याण्डको पुँजीवादी वर्गलाई धेरै फाइदा पुग्यो । उनीहरुले नयाँ बजार लिए । नाफा हुने प्रविधिमा लगानी गरे र कतिपय नयाँ प्रविधिमा आधारित जस्तो कि कार, एयरक्राफ्ट जस्ता व्यवसायबाट फाइदा उठाए । तर, युरोपमा व्यापारवादले मुख्य गरी तीन ठूला परिवर्तन ल्यायो । पहिलो थियो राजनीतिक, दोस्रो वित्तीय र तेस्रो सामाजिक परिवर्तन ।

राजनीतिक
यूरोपेली राज्यलाई भारत र चीनसँग व्यापार गर्नको लागि पैसा अर्थात अर्थको आवश्यकता थियो । किनभने त्यो समय भारत र चीनलाई बेच्न लायक कुनै पनि खास उत्पादन युरोपेली राज्यसँग थिएन । अर्थको सन्तुलन युरोपेलीको हातमा थिएन, मानौ कि व्यापार घाटा उनीहरुलाई मात्रै हुने गर्दथ्यो । धेरै सुनको बदलामा युरोपेली राज्यले त्यो समय भारतीय उत्पादन खरिद गरेर लैजान्थे ।

युरोपमा न जमिन प्रशस्त थियो न त उनीहरुसँग कुनै सुनको खानी । भारतलाई दिने सुन कहाँबाट आउँथ्यो त ?
युरोपेली राज्यले जसका लागि एक ‘रेभेन्यु मोडल’ अर्थात् पुनरुत्थान मोडलको विकास गरे । उनीहरुले अफ्रिका र अमेरिकामा आफ्नो उपनिवेश बनाए । अमेरिकामा अफ्रिकाबाट दासदासीको रुपमा सहमत गराए वा बन्दी बनाएर अमेरिकामा काला वर्णका मानिसहरुलाई काममा लगाए । अमेरिकामा कटन लगायतका खेतीमा ती मानिसहरुलाई काम गर्न लगाउने गर्थे र युरोपको बजारमा उत्पादित सामग्री बेच्ने गर्दथे । जुन पैसाले भारत र चीनमा बनेका मसला, सिल्क जस्ता उत्पादन खरिद गरी यूरोपको बजारमा बेच्ने गर्दथे ।

वित्तीय
जब त्यो तहका व्यापार बिजनेस हुन्छ तब पैसाको कारोबारमा जटिलता त उत्पन्न हुने नै भयो । जसलाई सहज बनाउने प्रकृयामा बैंकिङ प्रणाली र बिजनेस कम्पनीहरुको सुरुवात भयो । बैंकिङ प्रणालीको नतिजा कर्जा लिने दिने प्रणाली बन्यो भने उक्त समय चाँदीको सिक्काको प्रयोगको सट्टामा कागजी नोटको प्रयोग गर्ने नियम लागू गरियो । यस्तै, नयाँ कम्पनी बनाउने बाटो पनि खुला भयो । जोइन्ट स्टक कम्पनी, चार्टर कम्पनी लगायतले व्यवसायिक रुपमा काम गर्न थाले । इस्ट इण्डिया कम्पनी पनि यस्तौ मध्येको एक कम्पनी थियो ।

सामाजिक परिवर्तन
आम रुपमा तत्कालिन समयमा यूरोपमा तीन तहको वर्ग थियो । जसमा सबैभन्दा उच्च वर्ग चर्चका पादरीहरु थिए, जसलाई क्लर्जी भन्ने गरिन्थ्यो । राजा र उसको सामान्तको वर्ग, जसलाई नोबिलिटी क्लास भन्ने गरिन्थ्यो र अर्काे थियो आम नागरिक । जतिबेला उनीहरु सबैभन्दा धेरै कमजोर थिए । त्यसपछि नै हो मध्यम वर्ग (मिडल क्लास)को उदय भएको । मध्यम वर्गमा व्यापारी, बैंकर, शिपका मालिक, लगानीकर्ता (इन्भेस्टर)हरु थिए ।

जो १७ औं शताब्दीसम्म आइपुग्दा शक्तिशाली बनिसकेका थिए । यस्तै, अर्कोतर्फ इसाई धर्ममा भएको रिफर्मपछि युरोपमा नयाँ राजनीतिक र सामाजिक विचारको जन्म भइसकेको थियो । लोकतन्त्र, उदारतावाद, ‘सेक्युलर विषय’ अर्थात् निश्चित विषयहरुमा रिसर्चदेखि मेडिसिन, फिजिक्ससम्म पढाइ हुन थालिसकेको थियो । व्यापारवाद र व्यवसायिकरणले युरोपमा रफ्तार यसरी पक्रेको थियोकि त्यो रोकिने अवस्था नै थिएन ।

तर, यसबीचमा धेरै समस्या पनि आएको थियो । १८ औं शताब्दीसम्म आइपुग्दा कुनै समय ब्रिटिसको उपनिवेशमा रहेको अमेरिकाले ब्रिटिस सत्ताको विपक्षमा बिगुल बजाइसकेको थियो । उस समय लोकतन्त्र, उदारवाद जस्ता विचार अगाडि बढ्दै थियो । तर, ब्रिटिस जो एक १६ र १७ औं शताब्दीमा तागतवर थिए, उनीहरुको औपनिवेशिकता सकिने डरमा युरोपका राज्यहरु थिए ।

१८ औं शताब्दीमा स्कटल्याण्डका दार्शनिक एडम स्मिथले एक प्रश्न गरेका थिए । राजनीतिमा लोकतन्त्र हुन सक्छ भने के अर्थव्यस्था पनि लोकतन्त्र आउन सक्छ ? यही एक प्रश्नबाट पुँजीवादको सुरुवात भयो ।

पुँजीवादको जन्म
एडम स्मिथलाई पुँजीवादका जन्मदाता मानिन्छ । उनले ‘वेल्थ अफ नेशन्स’ नामक किताब लेखे । जसमा उनले वस्तुको मूल्य बढाउने सन्दर्भमा व्याख्या गरेका छन् । पहिला मानिसहरु खेती वा पशुपालन गरेर अर्थोपार्जन गर्ने गर्दथे । त्यसका लागि जमिनको माग धेरै हुने नै भयो । तर उही जमिन र उही मेहनतमा कसरी नयाँ मूल्य पैदा गर्न सकिन्छ त्यसबाट पुँजीवादको सुरुवात भयो ।

एडम स्मिथले नयाँ भ्याल्यु (मूल्य) बनाउने एक मात्र तरिका छ, त्यो भनेको उत्पादन र निर्माणमा ध्यान दिएर सृजनशील काम गर्न सकिने अवधारणा ल्याए । अर्थात् यसलाई उदाहरणमार्फत बुझौं । तपाईंसँग कपास छ, त्यसलाई नबेचेर त्यसबाट कपडा बनाएर बेच, त्यो कपडामा त कपास नै छ । तर, त्यसको मूल्य कपास मात्र बेच्दा आउने भन्दा कपडा बनाएर बेच्दा ज्यादा हुन्छ । अर्थात्, म्यानुफ्याक्चरिङ, उत्पादनमुखी काम गरेर त्यसको नयाँ मूल्य सृजना गर्ने ।
एडमले धेरै जमिनमा लामो समय लगाएर खेती गर्नुको साटो सो समय र साधन उद्योग स्थापनामा लगाउने हो भने जमिन पनि काम लाग्छ र त्यसको मूल्य ज्यादा आउँछ । जुन विचार त्यो समय युरोपमा क्रान्तिकारी साबित भयो । किनभने कुनै देश धनी बन्नका लागि अर्को देशको जमिन नै कब्जा गर्नु जरुरी थिएन, बरु औद्योगिक क्रान्तिको जरुरत थियो । संयोगबस पश्चिमा राष्ट्रहरुमा उस समय विज्ञान र नयाँ प्रविधिको पनि विकास र विस्तार भइरहेको थियो । यस्तो अवस्थामा एडमको आइडिया युरोपमा एक हिसाबले अर्थव्यवस्थामा क्रान्तिको बीउ बन्यो ।

फ्री मार्केट (स्वतन्त्र बजार)
उसबेला फ्याट्री बनाउनका लागि जमिन र मजदुरको आवश्यकता थियो । यो त खेतीपाती गर्ने प्रणालीमा पनि यसरी नै काम हुने गर्दथ्यो भन्नुहोला तपाईं । तर, स्मिथले एक नयाँ विचार ल्याए क्यापिटल अर्थात् पुँजीको । पुँजीको मतलब मात्र नोट, पैसा मात्रै थिएन । उनले संसाधन, कच्चा पदार्थ, मेसिन, फ्याक्ट्री आदिलाई क्यापिटलको रुपमा चिनाए । जसमा पुँजीको लगानी गरी त्यसबाट उत्पादन गर्न सकिन्थ्यो । त्यसमार्फत नै थोरै जमिन र मेहनतमा ज्यादा पुँजी पैदा गर्न सकिन्थ्यो । उत्पादन हुन थालेपछि वस्तु तथा सामग्रीलाई बजारको आवश्यकता थियो बेच्नको लागि । उत्पादित सामग्रीको बिक्रीबाटै त पुँजी निर्माण हुन्थ्यो । स्मिथले बजारलाई स्वतन्त्र गरेर नाम दिए फ्री मार्केटको ।

एडमले भनेका थिए कि देशहरुको बीचमा पनि स्वतन्त्र बजार लागू गर्नुपर्छ । जहाँ जुन देशमा जुन चिजको राम्रो उत्पादन हुन्छ वा बनाउन माहिर छ, त्यही चिज नै उसले बनाएर बेच्ने, पसललाई उक्त चिजको जरुरत हुन्छ उसले अर्को देशबाट आयात गर्ने । अर्थात् जहाँ जुन वस्तुको उत्पादन राम्रो छ त्यसलाई प्राथमिकता दिएर उत्पादन गर्ने, सबै वस्तु सबै देशले उत्पादन गर्न जरुरी नभएको तर्क स्मिथको थियो ।

हामीले यसअघि नै व्यापारवाद अर्थात् मर्केन्टलिज्मबारे चर्चा गरिसकेका छौं । पहिले मानिसहरु आवश्यक वस्तुको आयात गर्दैनथे । बरु उनीहरुका लागि आयातभन्दा निर्यात गर्नु फाइदाजनक हुने गर्दथ्यो । जबकि एडम स्मिथले भनेका छन्, फ्री मार्केटमा संलग्न दुवै पक्षलाई फाइदा नै हुन्छ ! यसलाई एडमले ‘इनभिजिबल ह्याण्ड अफ फ्री मार्केट’ को नाम दिएका छन् । इनभिजिबल ह्याण्डको लागि उनले यसरी एक उदाहरणबाट प्रष्ट्याउने कोसिस गरेका छन् ।

‘तपाईं सोच्नुहोला बेकरीवालाले ग्राहकका लागि यसकारण ब्रेड बनाउँछ ताकि उसले तपाईंको पेट भर्न चाहन्छ । उ यसकारण ब्रेड बनाउँछ ताकि उसलाई ब्रेड बनाउँदा फाइदा हुन्छ ।’ अर्थात् एक स्वतन्त्र बजारमा सबै अफ्नो स्वार्थको लागि काम गर्दछन् । तर, फाइदा सबैको हुन्छ । ब्रेड बनाउनेको पनि, अनि खाने उपभोक्ताको पनि ।

स्मिथको उक्त विचार क्रान्तिकारी थियो । यति क्रान्तिकारी कि आज पुरा दुनिया स्मिथले दिएको आइडियाअनुसार चल्छ । क्यापिटालिज्ममा बदलाव जरुर भएको छ तर, मूल आइडिया आज पनि स्मिथले दिएकै चलेको छ । अब तपाईंलाई स्मिथको आइडिया नलाग्ने सायद नलागेको हुनुपर्ने हो । स्मिथले राम्रो कुरा गरेछन् भन्ने लागेकै हुनुपर्ने हो ।
तर, यो सिस्टममा हामीले सुरुमा कुरा गरेको जस्ता १२ घण्टासम्म काम गर्ने नोकरीवालाको हालत त उही नै छ । मालिकको लागि नोकरी गर्नेहरु काममा पेलिइ नै रहन्छन् अवस्था उही महिनाको अन्तिम दिन आउने तलब मात्रै । यस्तो किन हुन्छ ?

यहाँ एक जबर्जस्त दार्शनिक-विचारक कार्ल माक्र्सको पुँजीवादको इन्ट्री हुन्छ ।

कार्ल माक्र्स र पुँजीवाद
कार्ल माक्र्सलाई अक्सर हामी साम्यवादका जनकका रुपमा मान्ने गर्दछौं । तर, वास्तवमा साम्यवाद पुँजीवादको विश्लेषणबाट पैदा भयो । माक्र्सले पुँजीवादको जुन विवेचना गरे त्यो आफैंमा एक अलग चर्चाको विषय हो । उनका अनुसार पुँजीवाद आएपछि नयाँ प्रविधिको सुरुवात भयो, उत्पादनमा बढोत्तरी भयो । मानिसहरु खेतीमै रमाउनुको साटो ह्वाइट कलर जागिर गर्न थाले । म्यानेजर्स, इन्भेस्टमेन्ट बैंकर्स आदि । यसले एक व्यवसायी बैंकिङ सिस्टम बन्यो । तर, पुँजीवादकै कारण समस्याहरु पनि आए । जसमा समाज दुई तहमा विभाजन भयो । सम्भ्रान्त (इलिट) र कामदार वर्गमा । माक्र्सले पुँजीवादीको निन्दा यस कारण गरे कि यो प्रणालीमा इलिट वर्गले लेबर अर्थात कामदारको शोषणबाट लाभ लिए । धनीले गरिबलाई शोषण गरे ।

माक्र्सले वर्गको अलवा पुँजीवादले बसाईंसराइको समस्यामा ल्याएको बताएका छन् । उनका अनुसार पुँजीवादी व्यवस्थामा मानिसहरु गाउँ छाडेर सहरतिर राम्रो कामको खोजीमा निस्किए र यूरोपका सहरमा झुप्रा बस्ती (स्लम्स) बने । त्यहाँ बस्ने श्रमिकहरुलाई सरसफाई, शुद्ध पिउने पानी र डिग्निटी (कामको सम्मान) मिलेन । आज पनि भारत तथा विश्वका अन्य देशमा यो समस्या छ नै ।

पुँजीवादको उदयपछि आर्थिक असमानता बढ़्यो । एकातर्फ फ्याक्ट्रीको मालिकसँग अथाह पैसा भयो, अर्कातिर त्यहीँ काम गर्ने श्रमिकसँग निश्चित तलब मात्र । उद्योगमा जे जति फाइदा हुन्थ्यो त्यो सबै मालिकको हुन्थ्यो । माक्र्सले यो व्यवस्थाको यसरी आलोचना गरे कि पुँजीवादी व्यवस्थामा धनी र गरिबबीचको खाडल फराकिलो बनेको छ । जुन घट्ने होइन बढ्दै जानेछ । यसमा पनि अर्को ठूलो समस्या लुकेको छ ।

कारखानाका मालिकले ज्यादा पैसा कमाइरहेको छ, त्यहाँ काम गर्ने कामदारले कम, यो एउटा पक्ष भयो । यो भन्दा ठूलो समस्या त के हो भने कामदारलाई जागिरको सुरक्षा छैन । एक दिन उ मालिकद्वारा निकालिन्छ । यसले कामदारको जागिर एक न एक दिन त खोसिन्छ । अब के त्यो कामदार आफ्नो कामको मालिक बन्न सक्छ ? जुन कम्पनी वा फ्याक्ट्रीमा उसले कुनै वस्तु उत्पादन ग¥यो, त्यसमा उसको हक हुन्छ त ? किन हुन्थ्यो, उसको मालिककै हक हुन्छ ।

मालिक नै एक यस्तो व्यक्ति हो जो आफ्नो कम्पनी वा उत्पादित वस्तुप्रति सधैं जोडिएर रहन्छ । कामदार त एउटा काम गर्नमात्रै सक्छ । उसको आफैंले बनाएको वस्तुमा समेत कुनै हक हुँदैन । यसैकारण उसले कहिले पनि आफ्नो कामप्रति आफ्नोपन वा जोडिएको महसुस गर्न सक्दैन । जसलाई माक्र्सले ‘अलगाव’ नामै दिएका छन् ।

माक्र्सले यो पनि भनेका छन् कि एक दिन मजदुर वर्गले पुँजीवादबाट हैरान भएर विद्रोह गर्नेछन् । र, त्यही दिनबाट साम्यवादको सुरुवात हुने माक्र्सको धारणा छ । माक्र्सपछि उनकै चेलाले साम्यवादका त्यो स्वरूप लागू गरेकि सत्ताले तानाशाहीका रूप लियो । सोभियत संघको पतनसँगै साम्यवाद एक हिसाबले (नेपथ्यमा पुग्यो) गुमनाम जस्तै भयो । जहाँसम्म पुँजीवादको कुरा छ, बजारमा आज पनि प्रभुत्व छ । चाहे त्यो धनी गरिबबीचको अन्तरमा होस, गाउँ रित्याएर सहर र विदेश पुग्ने गरी भएको बसाइसाई होस् कि जलवायु परिवर्तन ।

पुँजीवादको अगाडि धेरै चुनौतीहरु छन् । चाहे पुँजीवादको कुनै विकल्प वर्तमान समयमा कसैले नदेखे पनि कामदारको प्रश्न जायज छ । एकातिर विश्वभरका ठूला कम्पनीले पछिल्लो समय हजारौंको संख्यामा कामदार निकाल्ने प्रकृया रोकिएको छैन, अर्कातिर सरकारले देशमा रोजगारी सिर्जना गर्न सकेको छैन ।

यो बीचमा कामदारका यो प्रश्न उचित छ – के हामी पैसा अरुका लागि छापिदिनका लागि मात्रै जन्मिएका हौं ?

(नोट : लल्लन टपका लागि कमल र आकाश सिंहले तयार पारेको रिपोर्टबाट साभार–अनुवाद )

The post दुनियामा पुँजीवादको सुरुवात कसरी भयो ? के नोकरी गर्नु मात्रै श्रमिकको जिन्दगी हो ? first appeared on Hitkhabar.

The post दुनियामा पुँजीवादको सुरुवात कसरी भयो ? के नोकरी गर्नु मात्रै श्रमिकको जिन्दगी हो ? appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/jobs-in-different-fields/feed/ 0
यस्तो देखियो बाइसधारा मेलाको रौनक [फोटो फिचर] https://hitkhabar.com/baisdhara-mela/ https://hitkhabar.com/baisdhara-mela/#respond Tue, 23 Apr 2024 05:31:46 +0000 https://hitkhabar.com/?p=27965

वैशाख ११, २०८१ । यस्तो देखियो बाइसधारा मेलाको रौनक ।

The post यस्तो देखियो बाइसधारा मेलाको रौनक [फोटो फिचर] first appeared on Hitkhabar.

The post यस्तो देखियो बाइसधारा मेलाको रौनक [फोटो फिचर] appeared first on Hitkhabar.

]]>

वैशाख ११, २०८१ । यस्तो देखियो बाइसधारा मेलाको रौनक ।

The post यस्तो देखियो बाइसधारा मेलाको रौनक [फोटो फिचर] first appeared on Hitkhabar.

The post यस्तो देखियो बाइसधारा मेलाको रौनक [फोटो फिचर] appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/baisdhara-mela/feed/ 0
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति https://hitkhabar.com/corona-virus/ https://hitkhabar.com/corona-virus/#respond Fri, 19 Apr 2024 02:26:50 +0000 https://hitkhabar.com/?p=27672

वैशाख ७, २०८१ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र

The post हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति first appeared on Hitkhabar.

The post हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति appeared first on Hitkhabar.

]]>

वैशाख ७, २०८१ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् ।

यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरुले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ ।

डब्ल्यूएचओले प्राविधिक कागजातले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगहरूको प्रसारलाई राम्रोसँग व्यवस्थापन गर्न रणनीतिहरू बनाउन पनि जोड दिएको छ ।

कोभिड संक्रमण हावाबाट सर्ने संक्रामक रोगको श्रेणीमा राख्न सकिने पनि उल्लेख गरिएको छ । भाइरस हावाबाट मानिसहरूमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकहरुले निकालेका छन् ।

The post हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति first appeared on Hitkhabar.

The post हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/corona-virus/feed/ 0
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड २०२४’को आयोजना https://hitkhabar.com/nepal-day-parade-2024/ https://hitkhabar.com/nepal-day-parade-2024/#respond Tue, 16 Apr 2024 06:38:45 +0000 https://hitkhabar.com/?p=27484

वैशाख ४, २०८१ । अमेरिकाको सानफ्रान्सिस्को शहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय

The post अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड २०२४’को आयोजना first appeared on Hitkhabar.

The post अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड २०२४’को आयोजना appeared first on Hitkhabar.

]]>

वैशाख ४, २०८१ । अमेरिकाको सानफ्रान्सिस्को शहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाल डे परेडको आयोजना गरिएको छ ।

परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी, खेलकुद प्रतियोगिता, नृत्यसहितका आकर्षक कार्यक्रमको आयोजना गरिएको र परेडले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको एनआरएनए अभियन्ता दिक्षा बस्नेतले जानकारी दिइन । सानफ्रान्सिस्को शहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो ।

परेडमा क्यालिफोर्नियाको संघसंस्थाहरु आफ्नो ब्यानरसहित उपस्थित थिए । नेपाली पोशाक र नेपाली झण्डामा उपस्थित सयौं नेपालीहरुले नेपालको पर्यटन प्रवद्र्धन हुनेगरी सामग्रीहरु प्रदर्शन गरेका थिए । परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकारसँगको सम्बन्धमा थप घनिष्ठता बढेको आयोजकले दाबी गरेको छ ।

The post अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड २०२४’को आयोजना first appeared on Hitkhabar.

The post अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड २०२४’को आयोजना appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepal-day-parade-2024/feed/ 0
तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० वेभसाइट प्रतिबन्द https://hitkhabar.com/counterfeit-medicine/ https://hitkhabar.com/counterfeit-medicine/#respond Tue, 16 Apr 2024 03:57:20 +0000 https://hitkhabar.com/?p=27479

वैशाख ४, २०८१ । तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ

The post तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० वेभसाइट प्रतिबन्द first appeared on Hitkhabar.

The post तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० वेभसाइट प्रतिबन्द appeared first on Hitkhabar.

]]>

वैशाख ४, २०८१ । तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ ।

साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९०० भन्दा बढी अवैध औषधि हटाइएको बताए ।

जसमा भारतमा ९९२, इन्डोनेसियामा ५४४, चीनमा ३६४ र ब्राजिलमा ११४ औषधि छन् । ओजेम्पिक र जीएलपी–१ को अन्य नक्कली संस्करणहरूसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विटजरल्याण्ड, बेलायत र संयुक्त राज्य

अमेरिकासहित कम्तिमा नौ देशहरूमा रिपोर्ट गरिएको छ, जहाँ कम्पनीहरूले मोटोपना कम गर्ने दाबी गर्छन् ।

The post तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० वेभसाइट प्रतिबन्द first appeared on Hitkhabar.

The post तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० वेभसाइट प्रतिबन्द appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/counterfeit-medicine/feed/ 0
काठमाडौंका सार्वजनिक भित्ताहरुमा कलात्मक चित्र कोर्दै महानगर https://hitkhabar.com/artistic-pictures-began-to-be-drawn/ https://hitkhabar.com/artistic-pictures-began-to-be-drawn/#respond Sun, 14 Apr 2024 04:02:40 +0000 https://hitkhabar.com/?p=27318

वैशाख २, २०८१ । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्ताहरुमा गतिबेला कलात्मक चित्र कोरिन थालेका छन् । महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको

The post काठमाडौंका सार्वजनिक भित्ताहरुमा कलात्मक चित्र कोर्दै महानगर first appeared on Hitkhabar.

The post काठमाडौंका सार्वजनिक भित्ताहरुमा कलात्मक चित्र कोर्दै महानगर appeared first on Hitkhabar.

]]>

वैशाख २, २०८१ । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्ताहरुमा गतिबेला कलात्मक चित्र कोरिन थालेका छन् । महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्ते चित्रलेखन कार्य सुरु गरेको हो ।

महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेर कार्य अगाडि बढाएको हो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो ।


अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु लगायतका स्थानमा मौलिक कला र संस्कृति झल्किने खालका आकर्षक चित्र कोरिने महानगरले जनाएको छ । जसले सहरी सौन्दर्यतालाई बढवा दिने छ ।

चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइने छ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन् । मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौं चिनिने भौतिक सम्पदालगायतका आकृति हुने प्रतिष्ठानले जनाएको छ ।


यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरपालिकाले नागरिकलाई आग्रह समेत गरेको छ ।

The post काठमाडौंका सार्वजनिक भित्ताहरुमा कलात्मक चित्र कोर्दै महानगर first appeared on Hitkhabar.

The post काठमाडौंका सार्वजनिक भित्ताहरुमा कलात्मक चित्र कोर्दै महानगर appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/artistic-pictures-began-to-be-drawn/feed/ 0