नोकरी - Hitkhabar https://hitkhabar.com/category/job/ The new era of Information Sat, 27 Apr 2024 07:22:16 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg नोकरी - Hitkhabar https://hitkhabar.com/category/job/ 32 32 शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक https://hitkhabar.com/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af/ https://hitkhabar.com/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af/#respond Sat, 27 Apr 2024 05:01:19 +0000 https://hitkhabar.com/?p=28304

वैशाख १५, २०८१ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक first appeared on Hitkhabar.

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ ।

आज सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो ।

बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोग विज्ञापन २०८१ :

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक first appeared on Hitkhabar.

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af/feed/ 0
समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग https://hitkhabar.com/national-commission-for-inclusion-and-national-commission-for-women/ https://hitkhabar.com/national-commission-for-inclusion-and-national-commission-for-women/#respond Tue, 02 Apr 2024 03:14:10 +0000 https://hitkhabar.com/?p=26555

चैत २०, २०८० । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगका लागि दुई जनाको आवेदन माग गरेको छ

The post समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग first appeared on Hitkhabar.

The post समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग appeared first on Hitkhabar.

]]>

चैत २०, २०८० । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगका लागि दुई जनाको आवेदन माग गरेको छ ।

आज एक सूचना जारी गर्दै परिषद्ले समावेशी आयोगका लागि अध्यक्ष र महिला आयोगमा रिक्त रहेको सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना आगामी वैशाख २ गतेदेखि अवकासमा जाँदै छन् । बैशाख २ देखि उक्त पद रिक्त हुने भएकाले अध्यक्षका लागि परिषद्ले दरखास्त माग गरेको हो । महिला आयोगमा एक सदस्य पद रिक्त छ।

परिषद्ले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई आवश्यक आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

इच्छुकले Sambaidhanik@opmcm.gov.np मा आवेदन पठाउन सक्नेछन् ।


The post समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग first appeared on Hitkhabar.

The post समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/national-commission-for-inclusion-and-national-commission-for-women/feed/ 0
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक https://hitkhabar.com/nepal-medical-college-has-demanded-a-large-number-of-specialist-doctors/ https://hitkhabar.com/nepal-medical-college-has-demanded-a-large-number-of-specialist-doctors/#respond Fri, 16 Feb 2024 09:06:26 +0000 https://hitkhabar.com/?p=24577

फागुन ४, २०८० । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले शुक्रबार

The post नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक first appeared on Hitkhabar.

The post नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक appeared first on Hitkhabar.

]]>

फागुन ४, २०८० । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले शुक्रबार सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ ।

यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गर्ने निर्णय अनुसार चिकित्सकहरु माग गरिएको हो।

योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ ।

The post नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक first appeared on Hitkhabar.

The post नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepal-medical-college-has-demanded-a-large-number-of-specialist-doctors/feed/ 0
प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खुल्यो https://hitkhabar.com/sub-inspector-of-police/ https://hitkhabar.com/sub-inspector-of-police/#respond Fri, 09 Feb 2024 05:15:04 +0000 https://hitkhabar.com/?p=24288

माघ २६, २०८० । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रबार

The post प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खुल्यो first appeared on Hitkhabar.

The post प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खुल्यो appeared first on Hitkhabar.

]]>

माघ २६, २०८० । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दे जनपद प्रहरीतर्फ ठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको जनाएको हो ।

जसमा खुलातर्फ १९७ जना, अमर अशत्त प्रहरी परिवारका ७ जना,महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना,मधेशी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना गरी कूल ३६५ जनाको आवेदन माग गरिएको हो ।

The post प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खुल्यो first appeared on Hitkhabar.

The post प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खुल्यो appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/sub-inspector-of-police/feed/ 0
४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो https://hitkhabar.com/application-demand-for-district-judge/ https://hitkhabar.com/application-demand-for-district-judge/#respond Fri, 09 Feb 2024 04:55:15 +0000 https://hitkhabar.com/?p=24285

माघ २६, २०८० । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले

The post ४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो first appeared on Hitkhabar.

The post ४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो appeared first on Hitkhabar.

]]>

माघ २६, २०८० । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।

नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ ।

महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी÷जनजाति २, मधेशी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलेको हो ।

आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म गर्न पाइनेछ ।

The post ४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो first appeared on Hitkhabar.

The post ४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/application-demand-for-district-judge/feed/ 0
बागमती प्रदेश लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी https://hitkhabar.com/bagmati-province-govt/ https://hitkhabar.com/bagmati-province-govt/#respond Mon, 22 Jan 2024 01:54:36 +0000 https://hitkhabar.com/?p=23530

माघ ८, २०८० । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग

The post बागमती प्रदेश लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी first appeared on Hitkhabar.

The post बागमती प्रदेश लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी appeared first on Hitkhabar.

]]>

माघ ८, २०८० । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ ।

लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना कर्मचारीका लागि आवेदन खुलाएको हो । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको बताएका छन् ।

उनले यति धेरै संख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको दाबी गरे ।
आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारीसमेत गरी एकैपटक १ हजार ११३ कर्मचारीको माग भएको हो ।

बागमती प्रदेशमा संघीय राजधानी काठमाडौंसहित १३ जिल्ला र तीन महानगरपालिकासहित ११९ वटा स्थानीय तह रहेका छन् ।

The post बागमती प्रदेश लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी first appeared on Hitkhabar.

The post बागमती प्रदेश लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/bagmati-province-govt/feed/ 0
नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त https://hitkhabar.com/application-for-the-post/ https://hitkhabar.com/application-for-the-post/#respond Fri, 24 Nov 2023 03:20:51 +0000 https://hitkhabar.com/?p=21799

मंसिर ८, २०८० । नेपाली सेनाले सैन्य र ट्रेड फलोअर्सको रिक्त विभिन्न स्थान पदपूर्तिका लागि दरखास्त मागेको छ । आज

The post नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त first appeared on Hitkhabar.

The post नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त appeared first on Hitkhabar.

]]>

मंसिर ८, २०८० । नेपाली सेनाले सैन्य र ट्रेड फलोअर्सको रिक्त विभिन्न स्थान पदपूर्तिका लागि दरखास्त मागेको छ ।

आज शुक्रबार बिहानै सेनाले सूचना प्रकाशित गर्दै ती खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ । सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन् । उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन सूचित गरिएको छ ।

यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त मागिएको छ । सबै पदमा गरेर करिब ४ सय भन्दा बढी पदमा दरखास्त दिन सूचित गरिएको छ ।

देशका आठवटै पृतनाका हेड क्वाटरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्ने जनाइएको छ । सेनाले आफ्नो वेबसाइटबाट फाराम डाउनलोड गरेर भरेर सूचनामा उल्लेखित भर्ना केन्द्रहरूमा आफैं उपस्थित भएर बुझाउन सचेत गराईएको छ ।

The post नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त first appeared on Hitkhabar.

The post नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/application-for-the-post/feed/ 0
विद्युत प्राधिकरणले माग्यो ७ सय ७३ जना नयाँ कर्मचारी https://hitkhabar.com/nepal-electricity-authoritys-demand-for-employees-at-various-levels/ https://hitkhabar.com/nepal-electricity-authoritys-demand-for-employees-at-various-levels/#respond Fri, 10 Nov 2023 04:11:00 +0000 https://hitkhabar.com/?p=21531

कात्तिक २४, २०८० । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना

The post विद्युत प्राधिकरणले माग्यो ७ सय ७३ जना नयाँ कर्मचारी first appeared on Hitkhabar.

The post विद्युत प्राधिकरणले माग्यो ७ सय ७३ जना नयाँ कर्मचारी appeared first on Hitkhabar.

]]>

कात्तिक २४, २०८० । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कर्मचारीको माग गरेको छ ।

प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो ।

प्राधिकरणले दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त माग गरेको छ ।

यस्तै, प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर ७६, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा २२, सुपरभाइजर तहको सिभिल समूहमा १२, सिनियर मिटर रिडर ५४, सहायक लेखापाल ६२, फोरमेन १८४, इलेक्ट्रिसियन १३४ र जुनियर मिस्त्री २२ जना गरेर दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्ने प्राधिकरणले सूचित गरेको छ ।

The post विद्युत प्राधिकरणले माग्यो ७ सय ७३ जना नयाँ कर्मचारी first appeared on Hitkhabar.

The post विद्युत प्राधिकरणले माग्यो ७ सय ७३ जना नयाँ कर्मचारी appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepal-electricity-authoritys-demand-for-employees-at-various-levels/feed/ 0
नेपाल प्रहरीले १२८ जना कर्मचारी माग्यो https://hitkhabar.com/applications-open-for-vacancies/ https://hitkhabar.com/applications-open-for-vacancies/#respond Fri, 03 Nov 2023 04:28:42 +0000 https://hitkhabar.com/?p=21276

कात्तिक १७, २०८० । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको

The post नेपाल प्रहरीले १२८ जना कर्मचारी माग्यो first appeared on Hitkhabar.

The post नेपाल प्रहरीले १२८ जना कर्मचारी माग्यो appeared first on Hitkhabar.

]]>

कात्तिक १७, २०८० । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न आवेदन खुला गरेको जनाएको छ ।

ती पदहरुमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी ब्यवस्था मिलाइएको छ । आवेदन माग गरिएका पदहरुमा संचार निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा ३५, सूचना प्रविधि निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा १६, भौतिक पूर्वाधार निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा ८, सवारी महाशाखा तर्फ उपसमूह इन्जिनियरिङमा ४, नेपाल प्रहरी केनाईन कार्यालय तर्फ उपसमूह केनाईमा ३, हातहातियार मर्मत शाखा तर्फ उपसमूह हातहतियारमा १, नेपाल प्रहरी अस्पताल तर्फ उपसमूह स्वास्थ्य ६१ गरि कूल १२८ जना कर्मचारीको लागि आावेदन खुला गरेको भर्ना छनोट शाखाले जनाएको छ । इन्जिनियरिङ उपसमूह तर्फ संचार निर्देशनालय अन्तरगतका पदहरुको दरखास्त दर्ता नेपाल प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालय नक्सालमा गर्ने व्यवस्था गरिएको छ ।

यस्तै इन्जिनियरिङ उपसमूह तर्फ सूचना प्रविधि निर्देशनालय अन्तरगतका पदहरुको लागि प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालयमा, इन्जिनियरिङ उपसमूह तर्फ भौतिक पूर्वाधार निर्देशनालय अन्तरगतका पदहरुको भौतिक पूर्वाधार निर्देशनालयमा, इन्जिनियरिङ उपसमूह तर्फ सवारी महाशाखा अन्तर्गतका पदको प्रधान कार्यालयको सवारी महाशाखामा, केनाईन उपसमूह तर्फ नेपाल प्रहरी केनाईन कार्यालय अन्तर्गतका पदहरुको नेपाल प्रहरी केनाईन कार्यालयमा, हातहतियार उपसमूह तर्फ हातहतियार मर्मत शाखा अन्तर्गत पदहरुले प्रहरी प्रधान कार्यालयको हातहतियार मर्मत शाखामा र स्वास्थ्य तर्फको दरखास्त दर्ता नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा गर्न मिल्ने गरि व्यवस्था गरिएको भर्ना छनोट शाखाले जनाएको छ ।

The post नेपाल प्रहरीले १२८ जना कर्मचारी माग्यो first appeared on Hitkhabar.

The post नेपाल प्रहरीले १२८ जना कर्मचारी माग्यो appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/applications-open-for-vacancies/feed/ 0
प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान https://hitkhabar.com/call-for-applications-on-inspector-and-assistant/ https://hitkhabar.com/call-for-applications-on-inspector-and-assistant/#respond Fri, 20 Oct 2023 07:55:23 +0000 https://hitkhabar.com/?p=20870

कात्तिक ३, २०८० । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको छ । दरखास्त

The post प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान first appeared on Hitkhabar.

The post प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान appeared first on Hitkhabar.

]]>

कात्तिक ३, २०८० । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको छ । दरखास्त दिने अन्तिम मिति मंसिर २९ गतेसम्म तोकिएको छ ।

The post प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान first appeared on Hitkhabar.

The post प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/call-for-applications-on-inspector-and-assistant/feed/ 0