Headline - Hitkhabar https://hitkhabar.com/category/headline/ The new era of Information Sat, 04 May 2024 12:30:22 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg Headline - Hitkhabar https://hitkhabar.com/category/headline/ 32 32 मधेसको मुद्दालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री https://hitkhabar.com/pushpa-kamal-dahal-prachanda/ https://hitkhabar.com/pushpa-kamal-dahal-prachanda/#respond Sat, 04 May 2024 12:30:21 +0000 https://hitkhabar.com/?p=28909

वैशाख २२, २०८१ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं

The post मधेसको मुद्दालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री first appeared on Hitkhabar.

The post मधेसको मुद्दालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री appeared first on Hitkhabar.

]]>

वैशाख २२, २०८१ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।

माओवादी केन्द्र सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा शनिबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे ।

मिटरब्याज पीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता जनाए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने आश्वासन उनले दिए ।

तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै उनले भने, ‘मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।’

The post मधेसको मुद्दालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री first appeared on Hitkhabar.

The post मधेसको मुद्दालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/pushpa-kamal-dahal-prachanda/feed/ 0
देशलाई निकास दिन कांग्रेस-एमाले एकै ठाउँमा उभिनुपर्छ : डा.कोइराला https://hitkhabar.com/nepali-congress-leader-dr-shekhar-koirala-3/ https://hitkhabar.com/nepali-congress-leader-dr-shekhar-koirala-3/#respond Sat, 04 May 2024 10:29:13 +0000 https://hitkhabar.com/?p=28895

वैशाख २२, २०८१ ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र

The post देशलाई निकास दिन कांग्रेस-एमाले एकै ठाउँमा उभिनुपर्छ : डा.कोइराला first appeared on Hitkhabar.

The post देशलाई निकास दिन कांग्रेस-एमाले एकै ठाउँमा उभिनुपर्छ : डा.कोइराला appeared first on Hitkhabar.

]]>

वैशाख २२, २०८१ ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् ।

कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए । निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे ।

२०६४ को संविधानसभा पछि लगातार चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने,‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।
बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानविन बनाऔं सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?’, कोइराला प्रश्न गरे ।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनुनपर्नुे बताए ।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइराला भने,‘तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सँधै हिडिराख्नु राम्रो होइन।’

The post देशलाई निकास दिन कांग्रेस-एमाले एकै ठाउँमा उभिनुपर्छ : डा.कोइराला first appeared on Hitkhabar.

The post देशलाई निकास दिन कांग्रेस-एमाले एकै ठाउँमा उभिनुपर्छ : डा.कोइराला appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepali-congress-leader-dr-shekhar-koirala-3/feed/ 0