देश - Hitkhabar https://hitkhabar.com/category/country/ The new era of Information Sun, 28 Apr 2024 14:02:28 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg देश - Hitkhabar https://hitkhabar.com/category/country/ 32 32 राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ https://hitkhabar.com/dr-anjan-shakya-has-taken-oath-of-office-and-secrecy/ https://hitkhabar.com/dr-anjan-shakya-has-taken-oath-of-office-and-secrecy/#respond Sun, 28 Apr 2024 11:38:23 +0000 https://hitkhabar.com/?p=28414

वैशाख १६, २०८१ । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । संघीय संसद् सचिवालयको कृषि तथा

The post राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ first appeared on Hitkhabar.

The post राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन् ।

मनोनीत कोटाका लागि सरकारले उनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।

The post राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ first appeared on Hitkhabar.

The post राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/dr-anjan-shakya-has-taken-oath-of-office-and-secrecy/feed/ 0
पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ https://hitkhabar.com/10-people-were-arrested-from-different-places-with-illegal-drugs/ https://hitkhabar.com/10-people-were-arrested-from-different-places-with-illegal-drugs/#respond Sun, 28 Apr 2024 09:59:01 +0000 https://hitkhabar.com/?p=28409

वैशाख १६, २०८१ । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । पर्सा, कालिकामाई गाउँपालिका–१

The post पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ first appeared on Hitkhabar.

The post पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । पर्सा, कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेलापारी उनलाई पक्राउ गरेको हो ।

रौतहट, छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका–९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीया मन्जु बराइलीलाई पक्राउ गरेको छ । प्रहरीले प्र.२–०३–००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै,झापा, पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, औरही गाउँपालिका–५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका–१५ बस्ने ३६. वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् ।
प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका–४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका–६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका–२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।

प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ first appeared on Hitkhabar.

The post पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/10-people-were-arrested-from-different-places-with-illegal-drugs/feed/ 0
नेपाल लगानीका लागि सम्भावनायुक्त देश हो : प्रधानमन्त्री https://hitkhabar.com/nepal-is-a-suitable-destination-for-investment/ https://hitkhabar.com/nepal-is-a-suitable-destination-for-investment/#respond Sun, 28 Apr 2024 07:08:06 +0000 https://hitkhabar.com/?p=28399

वैशाख १६, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर

The post नेपाल लगानीका लागि सम्भावनायुक्त देश हो : प्रधानमन्त्री first appeared on Hitkhabar.

The post नेपाल लगानीका लागि सम्भावनायुक्त देश हो : प्रधानमन्त्री appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार यहाँ उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।

नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने,‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’
नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

‘नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।’ उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।

प्रधानमन्त्री दाहालले लगानी सम्मेलनको उदघाटन समारोहमा राख्नुभएको बक्तव्य
सर्वप्रथम म तेस्रो नेपाल लगानी शिखर सम्मेलन, २०२४ मा तपाईंहरू सबैलाई हार्दिक स्वागत गर्दछु । आजको दिन आर्थिक समृद्धि र दिगो विकासतर्फको हाम्रो यात्राको महत्वपूर्ण अवसर हो । यस सम्मलेन हुँदै गर्दा म गहिरो आशा र विश्वासमा छु किनभने नेपाल एक प्रमुख लगानी गन्तव्यको रूपमा उदाइरहेको छ, यसले विश्वभरका लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण अवसरहरू प्रदान गर्दैछन् ।

नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो । त्यसैगरी, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो । नेपाल प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्ताहरूलाई स्वागत गर्दैछ । हाम्रो उदार आर्थिक नीतिप्रतिको अटल प्रतिबद्धता जीवन्त र लगानीकर्तामैत्री व्यापार वातावरणको जग हो । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीहरूलाई सहजता प्रदान गर्न हामी निरन्तर सुधार गर्न दृढ छौँ । यस सन्दर्भमा नेपाल सरकारले हालै व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरेको छ । मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।

विशिष्ट अतिथितिहरू
शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ । सङ्घीय शासन प्रणालीले देशभर सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको छ ।

नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गरेको छ । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । म हाम्रा सबै मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न प्रोत्साहित गर्दछु ।

हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्छ । हाम्रो दक्ष जनशक्ति र कम श्रम लागतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लागि आकर्षण गर्दछ । राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउँछ ।

विशिष्ट अतिथितिहरू
नेपालका ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र रहेको र तीव्र रूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्ता वृद्धिका अपार सम्भावना देखाएको छ । यसबाहेक, विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा मनपर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न मद्दत पुग्छ । नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ ।

जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ । त्यस्तै पर्यटन क्षेत्रले समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई संकेत गरेको छ ।

नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको छ । करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा निर्माण चरणमा छन् ।यसले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाएको छ ।

विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेका छौँ ।

पर्यटन उद्योग अर्थतन्त्रको महत्त्वपूर्ण योगदानकर्ताको रूपमा देखिएको छ । सन् २०२३ को जुनमा १२ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकको आगमनले गत वर्षको तुलनामा उल्लेखनीय १७ प्रतिशत वृद्धि भएको तथ्य प्राप्त भएको छ । त्यस्तैगरी सूचना प्रविधि क्षेत्रले सन् २०२१ मा सेवा निर्यातमा लगभग ६५ प्रतिशतको उल्लेखनीय बृद्धिदर कायम गरी उच्चस्तरको लगानी मार्ग देखाएको छ । त्यसैगरी नेपालले उच्च मूल्यवान नगदे बालीहरू निर्यातका लागि आकर्षक अवसरहरू प्रस्तुत गरेको छ, यसले लगानी आकर्षणलाई अझ बढाउने र आर्थिक वृद्धिमा योगदान पु¥याउने देखिएको छ ।

तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात, लगानीको प्रचुर सम्भावना भएका प्रमुख उत्पादन हुन् । दुई विशेष आर्थिक क्षेत्रहरूको सञ्चालनसँगै देशभर निर्माणको चरणमा रहेका अन्य आर्थिक क्षेत्रले देशको आर्थिक वृद्धि र औद्योगिक विकासलाई बढावा दिने हाम्रो प्रतिबद्धतामा जोड दिएको छ ।
हाल नेपालमा दश औद्योगिक जिल्लाहरू सञ्चालनमा आएका छन्, थप छ वटा विकास गर्ने योजना रहेको छ, यसले कम लागतमा प्रारम्भिक लगानी सुनिश्चित गर्दछ र आवश्यक पूर्वाधार एवं अन्य सहयोग गर्नेछ ।

उदीयमान बजार भारत र चीन बीचमा अवस्थित नेपालको रणनीतिक स्थानका कारण पनि नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्ने सङ्केत गर्दछ । बजारमा शुल्कमुक्त पहुँच, क्षेत्रीय सम्झौताहरू साफ्टा-बिमिस्टेक एवं स्वतन्त्र व्यापार सम्झौताले पनि द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित गरेको छ ।

अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि अनुमोदन गर्छ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ । दुबै सरकारी संस्थाहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई तोकिएको समय सीमाभित्र सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।

नेपालमा वैदेशिक लगानी गरेका कम्पन्नीहरू नाफामुखी देखिएका छन् । ती कम्पनीहरूले लाभांश फिर्ता लगेको अवस्थाले पनि नेपालमा लाभदायक लगानीको वातावरण भएको प्रष्ट देखाउँछ ।

विशिष्ट अतिथितिहरू
हालै भएका सम्झौता र समझदारीको आदानप्रदान सहकार्य र साझेदारीको नयाँ युगको सुरुआत भएको प्रतीक हो । मलाई विश्वास छ निकट भविष्यमा यसको परिणाम आउनेछ । मलाई विश्वास छ, दुई दिनको यो महत्त्वपूर्ण सम्मेलनमा विभिन्न तहमा केही घोषणाहरू गरिनेछन् । यसले सरकार–सरकार, सरकार–व्यवसाय र व्यवसाय–व्यवसाय–सरकारको तहमा नेपाललाई विश्वव्यापी लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्नेछ ।

यस शिखर सम्मेलनमा प्रस्तुत गरिने परियोजनाहरूले हाम्रो देश र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजाहरूको प्रतिज्ञासहित नेपालमा लगानीका विशाल अवसरहरू सिर्जना हुनेछ । आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य स्वदेशी र विदेशी दुवै निजी क्षेत्रसँगको सामूहिक साझेदारीमा सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु । सबैको सहकार्य र सहयोगले नेपालको आर्थिक सम्भावनालाई सदुपयोग गरी आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्नेमा म आशावादी छु ।

अन्तमा, म सबै प्रतिनिधिहरूलाई फलदायी र सफल शिखर सम्मेलनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी यस शिखर सम्मेलनको नतिजालाई साकार तुल्याउने छौँ । नेपालमा तपाईंहरूको समय, सहयोग र अवसर प्रेरणादायी रहोस् । साथै उज्ज्वल भविष्यको लागि बाटो प्रशस्त गरौँ ।
यहाँहरूको नेपाल बसाइ आनन्दायी हरोस् ।

धन्यवाद !

The post नेपाल लगानीका लागि सम्भावनायुक्त देश हो : प्रधानमन्त्री first appeared on Hitkhabar.

The post नेपाल लगानीका लागि सम्भावनायुक्त देश हो : प्रधानमन्त्री appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepal-is-a-suitable-destination-for-investment/feed/ 0
लगानी सहजीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी https://hitkhabar.com/certain-acts-relating-to-investment-facilitation/ https://hitkhabar.com/certain-acts-relating-to-investment-facilitation/#respond Sun, 28 Apr 2024 06:41:01 +0000 https://hitkhabar.com/?p=28393

वैशाख १६, २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । तेस्रो

The post लगानी सहजीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी first appeared on Hitkhabar.

The post लगानी सहजीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

तेस्रो लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो ।

संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन ।

The post लगानी सहजीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी first appeared on Hitkhabar.

The post लगानी सहजीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/certain-acts-relating-to-investment-facilitation/feed/ 0
देशभर तापक्रम वृद्धि, उच्च सर्तकता अपनाउन आग्रह https://hitkhabar.com/masaum-17/ https://hitkhabar.com/masaum-17/#respond Sun, 28 Apr 2024 02:17:56 +0000 https://hitkhabar.com/?p=28351

वैशाख १६, २०८१ । जल तथा मौसम विज्ञान विभागले आजदेखि पाँच दिनसम्म तराईका भूभागमा हिटवेव (तातो हावा-तातो लहर) आउने भएकाले

The post देशभर तापक्रम वृद्धि, उच्च सर्तकता अपनाउन आग्रह first appeared on Hitkhabar.

The post देशभर तापक्रम वृद्धि, उच्च सर्तकता अपनाउन आग्रह appeared first on Hitkhabar.

]]>

वैशाख १६, २०८१ । जल तथा मौसम विज्ञान विभागले आजदेखि पाँच दिनसम्म तराईका भूभागमा हिटवेव (तातो हावा-तातो लहर) आउने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको विभागले उल्लेख गरेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको तथा देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको हो ।

आजदेखि आगामी ५ दिन (२०८१ बैशाख १६ गते देखि २०८१ बैशाख २० गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । तराईका साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले चेतावनी सहित विभागले अलर्ट रहन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न विभागले निम्न उपायहरू सुझाएको छ ।

उपायहरू :
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी ननिस्कने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन विभागले भनेको छ ।

यस्तै , आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना पनि छ ।

आइतबार राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

The post देशभर तापक्रम वृद्धि, उच्च सर्तकता अपनाउन आग्रह first appeared on Hitkhabar.

The post देशभर तापक्रम वृद्धि, उच्च सर्तकता अपनाउन आग्रह appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/masaum-17/feed/ 0
आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण https://hitkhabar.com/merger-between-aam-janata-party-and-samajwadi-jan-ekta-party/ https://hitkhabar.com/merger-between-aam-janata-party-and-samajwadi-jan-ekta-party/#respond Sat, 27 Apr 2024 12:11:32 +0000 https://hitkhabar.com/?p=28330

वैशाख १५, २०८१ । आम जनता पार्टी र समाजवादी जन एकता पार्टीबीच एकीकरण भएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच

The post आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण first appeared on Hitkhabar.

The post आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । आम जनता पार्टी र समाजवादी जन एकता पार्टीबीच एकीकरण भएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकताबीच एकीकरणको घोषणा भएको हो ।

समाजवादी अध्यक्ष श्रेष्ठले सबै छरिएर रहेका पार्टीहरु एकताबद्ध भएर वैकल्पिक शक्तिको रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा एकताको घोषणा गरेको बताएका छन् ।

उनले भने, ‘वर्तमान राजनीतिलाई अवलम्बन गर्दै विभिन्न कोणबाट संविधानको निर्वाचन गर्ने र संवैधानिक प्रक्रियाबाट अगाडि बढ्ने र प्रतिकूल अवस्था हेरे नेतृत्वहरुले अन्तरघात गर्दै आएको अवस्था छ ।

गठबन्धन बनाउदै तोड्दै गरेर राजनीतिक र आर्थिक अवस्था कमजोर भएको छ । त्यसकारण हामीले अहिले एकताबद्ध भएर काम गर्नको लागि आज एकताको घोषणा गरेका छौ र यस्तै, छरिएर रहेका पार्टीहरुलाई पनि एकताबद्ध गरेर वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन हामी अगाडि बढेका छौ ।’

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष साहले अग्रगामी, लोकतान्त्रिक र देशभक्त शक्तिहरु अलग अलग बसेर मुलुकको संकट समाधान गर्न नसक्ने भएकाले एकीकरणको बाटोमा अघि बढेको बताए ।

‘आज देश संकटबाट गुज्रिरहेको छ । राजनीतिक स्थिरता छैन । जनतालाई झुक्याउने, धोका दिने र बेइमानीको राजनीति भइरहेको छ । राजनीति हेर्ने हो भने लाजमर्दो छ । कहिले सरकार ढल्छ, ठेगान छैन । एउटै पार्टीको सरकारभित्र पनि दरार छ,’ उनले भने, ‘आर्थिक अवस्था झन दयनीय छ, व्यापारहरु कम छ, रोजगारीको अवसर छैन । हरेक क्षेत्रमा घाटा मात्रै छ । देश असफलताको कगारमा छ । यो अवस्थाको सुधारका लागि नेपाली जनताको एकता आवश्यक छ ।’

मुलुक परिवर्तनका लागि लडेका शक्ति सबै सत्तामा पुग्दा पनि जनताका सपना पुरा नभएको उनले बताए ।

‘बचाउनका लागि पनि सबै एक स्थानमा आउनु पर्छ । हाम्रा त्याग र योगदानको रक्षा गर्न र परिणाममूलक बनाउनकोलागि हामी एकताबद्ध हुनुपर्छ । यो अवस्था रोक्नको लागि लोकतन्त्र नै एउटा विकल्प हो,’ उनले भने ।

The post आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण first appeared on Hitkhabar.

The post आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/merger-between-aam-janata-party-and-samajwadi-jan-ekta-party/feed/ 0
लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा स्वदेशी लगानीकर्ताले गरे विरोध प्रदर्शन https://hitkhabar.com/domestic-investors/ https://hitkhabar.com/domestic-investors/#respond Sat, 27 Apr 2024 09:38:42 +0000 https://hitkhabar.com/?p=28322

वैशाख १५, २०८१ । पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको

The post लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा स्वदेशी लगानीकर्ताले गरे विरोध प्रदर्शन first appeared on Hitkhabar.

The post लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा स्वदेशी लगानीकर्ताले गरे विरोध प्रदर्शन appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो ।

आन्दोलनमा सहभागीहरुले ‘हामी लगानीकर्ता हौं, भिखारी होइनौं’,‘मैलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धी हासिल गर्न नसकेको आरोप लगाए । स्वदेशी लगानीकर्ताले उठाएका मागहरु तत्काल सुनुवाई गरी लगानीको वातावरण बनाएमा नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गरी देशलाई धनी बनाउन सक्ने उनको दाबी छ ।

उनले भने,‘सरकारको करौडौं बजेट खर्च गरेर नाटक नगरेको राम्रो । पहिले काम गर्नुपर्छ । वातावरण बनाउन हामीले ध्यानाकर्षण गराएका हौं । लगानी सम्मेलन तीन चारवटा भइसक्यो अहिलेसम्म कुनै उपलब्धी हासिल भएको छैन् । त्यसैले यस्तो नाटक गर्नुभन्दा हामी लगानीकर्ताले उठाएका कुराहरु तत्काल सुनुवाई होस् । एउटा वातावरण बनोस् हामी आफै त्यो भूमिका खेल्छौं । नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गर्छौं । देशलाई धनी बनाउँछौं । ’

उनले लगानीकर्ता भनेपछि चोर, डाका, फटाह र सामन्त भन्ने भाष्य सिर्जना गरेकोमा आपत्ति जनाउँदै देशका नेताहरु र कर्मचारीतन्त्रमा गलत सोचाइ हाबी भएको बताए । नीति, नियम, पूर्वाधार र नियमन राम्रो बनाएर लगानीकर्ताको बजार सुनिश्चित गर्न उनले माग गरे ।

उनले भने,‘लगानीकर्ता भनेपछि चोर, डाका, फटाहा, सामन्त भन्ने सोचाइ गलत छ । देशका नेताहरु र कर्मचारीतन्त्रमा त्यस्तो सोचाइ हामी देखिन्छ । त्यो खालको सोचाई परिवर्तन गर्नैपर्छ । नीति, नियम, पूर्वाधार र नियमन पनि राम्रो बनाउनुपर्छ । लगानीकर्ताको समस्या के हो त्यो समाधन हुनुप¥यो । बजारको एउटा सुनिश्चितता पनि गर्नुपर्छ ।’

सरकारले तेस्रो लगानी सम्मेलन यही बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्दैछ । सम्मेलनमा १ सय ५१ परियोजनाहरु प्रश्तुत गर्ने कार्यक्रम छ ।

The post लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा स्वदेशी लगानीकर्ताले गरे विरोध प्रदर्शन first appeared on Hitkhabar.

The post लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा स्वदेशी लगानीकर्ताले गरे विरोध प्रदर्शन appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/domestic-investors/feed/ 0
नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह https://hitkhabar.com/tea-produced-in-nepal-is-spreading-to-the-world-market/ https://hitkhabar.com/tea-produced-in-nepal-is-spreading-to-the-world-market/#respond Sat, 27 Apr 2024 07:30:11 +0000 https://hitkhabar.com/?p=28314

वैशाख १५, २०८१ । कृषि, पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताएकी छिन्

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह first appeared on Hitkhabar.

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । कृषि, पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताएकी छिन् ।

शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिंदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभइ भारतलगायत विश्वका देशहरुमा निर्यात बढाइरहेकोमा खुशी व्यक्त गरिन । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पुग्न गएको एवम चुलिंदो व्यापार घाटालाई न्यूनीकरण गर्न चियाले उल्लेख्य योगदान गरेको पनि मन्त्री शाहले बताइन ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा.दीपक खनालले कृषि उपजहरु मध्ये आन्तरिक उपभोग र निर्यात व्यापारमा समेत उल्लेखनीय उपस्थिति जनाउने नेपाली चिया गुणस्तरमा अब्बल रहेको कुरा अन्तर्राष्ट्रिय चिया परीक्षण प्रतिस्पर्धामा अब्बल देखिएको प्रमाणीत भइसकेको बताए ।

‘रोपण क्षेत्र विस्तार, उत्पादकत्व बृद्धि, नयाँ प्रविधिजन्य प्रशोधन पद्धती एवम आकर्षक प्याकेजिक र बजारीकरणका माध्यमबाट नेपाली चियालाई अझै बलियो बनाउन सबैले दृढ संकल्प गर्नुपर्छ,’ खनालले भने ।

‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ बैशाख १५ गते २८ औं राष्ट्रिय चिया दिवस मनाइँदैछ ।

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह first appeared on Hitkhabar.

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/tea-produced-in-nepal-is-spreading-to-the-world-market/feed/ 0
चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ https://hitkhabar.com/tea-garden/ https://hitkhabar.com/tea-garden/#respond Sat, 27 Apr 2024 04:41:49 +0000 https://hitkhabar.com/?p=28300

वैशाख १५, २०८१ । म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थें । स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ first appeared on Hitkhabar.

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थें । स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको चियाबारीमा घुम्न जान्थें । आँखाको दृष्टिले भ्याएसम्म चियाबारी देखिन्थ्यो । पछि कलेज पढ्न थालेपछि आइएको परीक्षा केन्द्र चियाको जिल्ला भनेर चिनिने इलाममा नै पर्यो । परीक्षा केन्द्र भएको क्याम्पस चियाबारीको बिचमा थियो । त्यसबेला चियाको बोटहरुले ढपक्क छोपेको देख्दा चियाबारी छाडेर फर्कन मनै लाग्दैनथ्यो । वि.स. २०२८ सालतिर पहिलो पटक म इलामको चियाबारीमा पुगेको हुँ । चियाका बुट्टाहरु हेरेर म भविष्य सोच्ने गर्दथें । त्यहीबाट मोहित भएर चिया व्यवसायलाई आफ्नो कर्मको रुपमा अंगाले ।

व्यावसायिक सिलसिलामा पछि म जर्मनी जाँदाखेरि त्यहाँ दार्जिलिङको चिया पाइने रहेछ । मेरो झापा भद्रपुर घर भएपनि बेला बेला म दार्जिलिङ पनि घुम्न गइरहन्थें । दार्जिलिङको चियाबारी पनि हेरेको थिए । फेरि म आफैं पनि चियाप्रेमी मान्छे हुँ । अनि जर्मनीमा मैंले त्यसबेला पिएको चिया आसामको रहेछ । खासमा भन्नुपर्दा ठाउँ ठाउँको चियाबारीबाट नै प्रभावित भएर म चिया व्यवसायमा लागेको हुँ ।

झापामा चियाबारीमै लड्दै, खेल्दै हुर्किएको हुँ । तर व्यवसायका रुपमा चियाबारीमा प्रवेश गरेको चाँही आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९४ बाट हो । व्यवसायका रुपमा सुरु गर्दा ‘मुना चिया’ भन्ने थियो । त्यसको पसल काठमाडौंको न्यूरोडमा थियोे । त्यहाँ थरि थरिका मान्छेहर आउँथे । त्यहाँ मैंले मुना चिया र पहाडको चिया(अर्थोडक्स)को व्यवसाय गरें । व्यवसाय गर्दै जाँदा पछि मलाई चियाको विषयमा अध्ययन नै गर्ने मन लाग्यो । पछि म दार्जिलिङको चियाबारे हेरे, घुमे, बुझे । त्यहाँको चिया बेलायतको महारानीले पिउनुहुन्छ भन्ने सुनेको थिए । त्यहाँ पुगेर त्यो चियाको स्वाद पनि लिए । पछि इलामतिर घुम्न जाँदा झापाको चिया र ती दुई ठाउँको चियामा खासै भिन्नता देखिन ।

अध्ययन र उद्योग सँगसँगै
विभिन्न समयमा जर्मनी जाने अवसर मिल्यो । ‘सिचुआन विश्वविद्यालयमा चियाबारे अध्ययन पनि गरे । अध्ययनपछि म हामी चिया उद्योगी र व्यवसायीका रुपमा उत्कृष्ट हुन सकिन्छ भन्ने निष्कर्षमा पुगें । चिया उद्यमीका रुपमा काम सुरु गरेपछि ट्रकमा चिया लोड गरेर आफैं कोलकत्ता जान्थें । त्यहाँबाट जहाजमा लोड गरेर जर्मनी पुर्याउँथे । त्यसमा हामी २० जना मन मिल्ने साथीहरु थियौं । इलामबाट कोलकत्ता र त्यहाँबाट जर्मनीमा हामीले बजार फैलायौं ।

विश्व बजारमा गइसकेपछि गुणस्तरका सवालमा प्रशस्त प्रश्नहरु आए । जसका कारण आफैं केही नयाँ काम सुरु गर्ने लक्ष्य अनुरुप भारतको बैङ्लोरबाट प्राङारिक मल बनाउने मान्छे बोलाएर मल उत्पादनमा लागें । मल उत्पादनका लागि पहिले मंैले किसानहरुलाई निशुल्क गाई वितरण गरे । चिया उित्पादन गर्नका लागि सुहाउँदो वातावरण तयार गर्दै गयौं । गाईको गोबर, गाईको पिसाब र अन्य विभिन्न घासपातहरुबाट मल बनाउने कामलाई निरन्तरता दियौं । मैले भारतबाट बोलाएका मान्छेले नेपाली किसानका घर घरै गएर प्राङगरिक मल बनाउन सिकाइदिए । त्यही मलको प्रयोगबाट उत्पादित चिया गोर्खा टी स्टेटमार्फत विश्व बजारमा लगिरहेका छौं ।

अहिले मैले उत्पादन गर्ने चिया पाँच वटा देशरुमा जान्छ । इलामको सुन्दरपानी भन्ने ठाउँमा मैले उत्पादन गर्ने चिया र त्यसको कारखाना छ । सुन्दरपानीकै ब्राण्डको नामले चिया सप्लाई हुन्छ । यसो गदागर्दै चिया बनाउनमा दक्षिण एसियामै एक नम्बरमा पर्न सफल भइसकेका छौं । चिया उत्पादन गर्नका लागि किसानलाई प्रोत्साहन गरिरहेका छौं । यद्यपी, हामी अझैपनि किसानमा निर्भर छौं तर दार्जिलिङका ठूला ठूला बगान नै छन् ।

चियाबाट समृद्धि टाढा छैन
हाम्रो समाजमा चियाले मानिसलाई हानी गर्छ भन्ने भाष्य मात्र निर्माण गरिएको छ । चिया हाम्रो लागि स्वास्थ्यवद्धक छ । श्रीलंकाले त कोरोना भाइरस संक्रमण फैलिरहेको बेलामा ‘चिया खाउ कोरोना भगाऔं’ अभियान नै चलायो । चिया यति फाइदाजन छ तर हामीले चियालाई प्राकृतिक रुपमै उत्पादन, भण्डारण र सप्लाई गर्न सकियो भने नेपालको समृद्धि धेरै टाढा छैन ।

मैंले अर्थात मेरो काराखानले उत्पादन गर्ने चिया पुरै अर्गानिक हो । तीनवटा सहकारीहरु चियाखेतीमा आवद्ध गराएका छौं । सबै किसानहरु सहकारीमा आवद्ध हुनुपर्छ । सबै चिया हामी किन्छौं । तर राम्रो बजार र बजार मूल्य दिन्छौं भनेर पनि आए तर प्रतिस्पर्धा गर्न कठिन छ । हाम्रो कारखानको चियाको जाँच र परीक्षण नै जापान अमेरिका, बेलायत, जर्मनी लगायतका देशरुबाट हुन्छ । त्यसैले मेरो चिया पुर्णतः अर्गानिक छ । यसले मलाई व्यवसायीक रुपमा विभिन्न चुनौति पनि छन् ।

चियाको बजारीकरणमा ठुला चुनौती मैले देखेको छु । चिया किन्दै आएका उद्योगी व्यवसायीहरुले किसानलाई अर्गानिक चिया उत्पादन गर्न सहयोग नगर्ने, उचित बजार मूल्य नदिने लगायतका समस्याहरु भोगिरहेका छन् ।सहयोगी चिया उद्योगीहरु एकदमै कम मात्र हुनुहुन्छ । मेरै छिमेकमा पनि चियामा विषादीहरु प्रयोग गर्नुहुन्छ । चियामा केमिकल फेर्टिलाइज, युरियाहरु प्रयोग गर्नुहुन्छ । कुनैपनि रोग लाग्यो भने स्प्रे गर्नुहु्न्छ ।

कन्यामको चियाबारी सरकारको हो । त्यहाँ घुम्दा आँखा पोल्छ, नाक पोल्छ । विषादीका कारण त्यो चियाबारी मुनि बस्ने मान्छेहरुले विषादी मिसिएको पानी पिउन बाध्य छन् । वातावरण नै धुमिल भइसकेको छ ।

मैले श्रीलंकामा दुईहप्ता हेरे, घुमे । त्यहाँ किसानहरुलाई सरकारको साथ र सहयोग छ । प्राङ्गारिक मलदेखि लिएर आवश्यक परिपुर्तीसम्म पाउने व्यवस्था छ । यद्यपी, त्यो कष्टपूर्ण र महंगो पनि छ । नेपालमा पनि सरकारले सचेतना, सहयोग गरिदियो भने भएका उद्योगहरु प्राङ्गारिक हुनेछन् । चियाले मूल्य पाउनेछ ।

मेरो छिमेकीहरुले चियाको मूल्य बजारमा नौ सय रुपैयाँ पनि पाउँदैन । मैले आँखा चिम्लेर १२ सय पाउँछु नि । फेरि अरुले मलाई तैले त १२ सय पाउँछस भन्छन् । त्यसमा लगाएको लगानी कति छ त्यो देख्दैनन् । म किसानलाई हरियो पत्तिको एक सय सात रुपैयाँ दिन्छु । म मार्केटबाट बोनस दिलाउँछु । मेरो प्राङ्गारिकमा जति पनि प्रमाणीकरण गर्न लाउने देशका नाम लिए मैले त्यो सबै म ब्यहोर्छु ।

यसमा सरकारले केही गर्नुपर्दैन । बाहिर पठाउने चियामा गुणस्तर राम्रो दिएमात्रै पनि पुग्छ । मैले त त्यो गरिरहेको छु । मैले मात्र गरेर त हुँदैन । हामीले यस कुरामा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री लगायतलाई भेटेर कन्भिन्स गराएका छौं । तर हचुवाको भरमा विषादी प्रयोग गरिरहेका छन् । तर सुविधा बराबरी दिइन्छ । यसकारण पनि चिया उत्पादनमा किसानको आकर्षण घट्दो छ । हाम्रो चियाबारीमा काम गर्नेहरुले हाम्रो ब्राण्डलाई अर्कै नाम राखिसक्यो । उनीहरुले त अब कति चिया दिन सक्छस भनेर पनि सोध्न थालिसके ।

सरकारले एउटा नीति तथा कायक्रम बनाइदिए राहत हुन्थ्यो । यही काम मैले श्रीलंकामा गर्न पाए । त्यहाँ सुरुमा म एकदम न्यून ब्याजमा पैसा पाउँछु । पछि मैले उत्पादन गरेर बेचेको चियामा मलाई राम्रो मूल्य दिन्छ । सुरुमा मलाई २०–२५ प्रतिशत दिन्छ ।

भूपि शेरचनले भनेजस्तै–‘म देशैभरी इलामै इलाम छर्न चाहन्छु’ भनेजस्तै पुरै इलामलाई अर्गानिक गर्न सक्नुपर्छ । सक्यौं भने ७० लाख किलो चिया उत्पादन हुन्छ । यतिबेला लगभग १२ देखि १५ हजार किसान आवद्ध छन् उनीहरुले राम्रो मूल्य पाउन सक्छन । देशबाट अहिले वर्षेनी ४ अर्बको चिया बाहिर जान्छ भने यसमा सरकारले ठुलो लगानी र ठुलो नीति ल्याउनै पर्दैन ।

चिया नीतिमा सरकार गम्भीर छैन
नेपालमा पहिले चिया नीति थिएन । वि.स. २०५७ सालमा पहिलो पटक नेपालमा चिया नीति बनेको हो । त्यतिबेलाको टी बोर्ड(चिया तथा कफि विकास बोर्ड)को अध्यक्ष भुवन पाठक हुनुहुन्थ्यो । त्यो नीति निर्माणमा मेरो पनि भूमिका छ । त्यो नीति एकदम राम्रो बनाएका थियौं । श्रीलंक र भारतको पनि अध्ययन गरेर बनाएका थियौं । त्यो नीतिलाई पछि तत्कालिन कृषिमन्त्रीमार्फत मन्त्रिपरिषदबाट पास पनि भयो । पछि लागु हुने अवस्थामा पनि गयो । चिया नीतिको दफा ४ को उपदफा ४ मा के भनेका थियौं भने चियाखेतीमा आवद्ध किसान र सरकारको ५० प्रतिशत लगानीमा चल्ने गरि चिया बोर्ड गठन गरौं भन्ने थियो । पछि राजनीति दलहरुको हस्तक्षेप गरे ।

जसका कारण न चिया खेती लागू भयो न चिया बोर्ड नै गठन गर्न सकियो । चिया नीति बनेको २३ वर्षसम्म पनि चिया नीति लागु हुन सकेको छैन । २३ वर्ष बितिसक्दा हाम्रो अनुभवले के भन्छ भने सरकारले चिया नीतिमा काम गरेन । टी बोर्डमा चिया बारे केही जानकारी नभएका मान्छेलाई नियुक्त गर्यो । कुनैबेला मसँग इलाम जाँदा चियाको बोट देखाएर अध्यक्षले नै सोध्नुभयो–‘चिया कहाँ फल्छ ?’

विश्वभरका सबै देशका चियाहरु आफ्नै ब्राण्ड बनाएर विश्व बजारमा जान्छन् । तर हामी मकैबारी नाम लिएर चिया बेच्न जानु ? ब्राण्डनेम राख्नुपर्दैन ? भन्ने कुरामा म आफैंले अग्रसरता लिए । पहाडी चियाको म अध्यक्ष पनि थिए । मैले धेरै काम गरे । विदेश निर्यात गर्ने चियाको नाम ‘नेपाल टी’ भनेर पठाउने भनेर प्रस्ताव गरें । त्यो नाम पनि टी बोर्डका अध्यक्षले अस्वीकार गरिदिए । किनभने उनी चियाबारे अनभिज्ञ थिए । पटक पटक यस्तो भयो । चियाबारे जानकारी नभएकाहरुका कारण समस्या अहिलेपनि जारी छ ।

एकताका मलाई एनओसी(नो अब्जेक्सन लेटर) दिइएन । पछि हामीले नेपाल टी क्वालिटी फरम दि हिमालय भन्ने ब्राण्ड बनायौं । त्यही ब्राण्डलाई टेकेर व्यवसाय गर्यौं । तर त्यो नीति आजसम्म पनि लागु हुन सकिरहेको छैन । अहिले जति पनि दलहरु सरकारमा जान्छन् जो कृषिमन्त्री हुन्छन् । उनीहरुले अगाडिको ढोकाबाट हुन्छ कि पछाडिको ढोकाबाट हुन्छ, त्यही बाटोबाट टी बोर्डमा पदाधिकारी नियुक्त गर्नुहुन्छ । हामी सहि बाटो हिड्न सकेनौं । चिया व्यवसायीसँग सम्बन्धित छ वटा संगठनका साथीहरु मिलेर यसो गर्न पाइदैन भनेर कृषिमन्त्रीलाई भनेका छौं । अनि हामीले अब पनि चिया नीति अनुसार काम गर्नुभयो भने टि बोर्डलाई नै बहिस्कार गर्छौं भनिसकेका छौं । हामीले सहि बाटोमा लाने प्रयास गर्दैछौं ।

विश्व बजारमा फड्को
नीजि क्षेत्रका कारण विश्व बजारमा नेपाली चियाले ठूलो फड्को मारिसक्यो । विश्वका विभिन्न देशरुले सहभागी हुनेक्रम जारी छ । केही समारोहमा त नेपालले गोल्ड मेडल पाएको छ । मेरो आफ्नै कारखानाले गोल्ड मेडल पायो । अब हामीलाई विश्व बजारमा कसैले पनि चुनौती गर्न सक्दैन । मैले विश्वका सबै मुलुकसँग वार्ता गरेर हामीलाई चुनौति दिन सक्नुहुन्न पनि भनिसकेको छु ।

विश्वमा भेटिएका चिया व्यवसायीहरुलाई सगरमाथाको बेसक्याम्पमा लगेर चियाको स्वाद चखाउँछु भन्यौं । चखायौं पनि । अहिले विभिन्न देशका पत्रकार र व्यवसायीहरुले त्यस्ता समारोहहरु अझै गरौं भनिरहेका छन् । तर कसरी गर्ने ? अहिले प्रदेश एक सरकारले चिया अन्तरक्रियाका लागि दुई करोड ५० लाख रुपैयाँ छुट्याएको छ भन्ने सुन्यौं । त्यसको जिम्म फेरि एनआएनएलाई दिएछ । त्यो गैरआवासीय संस्थाले अन्तर्राष्ट्रिय बारहरुसँग समन्वय गरेर अन्तरक्रिया गर्नसक्छ ? हामीले उहाँहरुलाई हाम्रो अनुभव पनि लिएर गर्न सुझाव दिएका थियौं । आउँदो जेठमा त्यो कार्यक्रम हुने भनिएको छ । हेरौं कसरी गर्नुहुन्छ ।

चिया खेतीको बारेमा सहकार्यका लागि भारतलगायतका छिमेकी राष्ट्रहरु पनि तत्पर देखिएका छन् । पहिले एकचोटी भारतसँग सहकार्य समेत भएको थियो । तर त्यो सम्झौताको फाइल सिंदरबारमै अड्किएछ । पछि हामीले खोज्दा फाइल नै हराएछ । अब फाइल हराएपनि भारतले प्रक्रिया अगाडि बढाइसकेको छ । छिट्टै चियाखेती विश्वमै ब्राण्ड हुनेछ भन्ने आशा लिएका छौं । तर हाम्रो ८० प्रतिशत बजार भारत हो । भारतले अब चिया लिएर जाने ट्रकबाट नमुना लिएर त्यसको परीक्षणको नतिजा नआउञ्जेलसम्म नलिने नीति अपनाएको छ । यसकारण नेपालमा रहेका चिया उद्योगहरु बन्द हुने अवस्थामा छन् । यसका लागि सरकारले तादरुकता देखाउन जरुरी छ ।

चिया व्यवसायीहरुको सरकारसँग कहिल्यै पनि सहकार्य हुन सकेन । नेपालका विभिन्न सरकारहरुले चिया खेतीलाई प्राथमिकता दिएको भएपनि अहिलेका सरकारले त्यति प्राथमिकतामा राखेको पाइँदैन । अहिलेको अवस्थामा झन राम्रो व्यवस्थाको कल्पना गरेका थियौं तर हामे अनुभवले के भन्छ भने सरकारबाट हामीले साथ र सहयोग पाएनौं । हाम्रो आर्थिक कुटनीति कमजोर छ । श्रीलंकाले आफ्नो राजदुतलाई नै चिया बेच्न अनुमति दिन्छ । आफ्नो राष्ट्रिय दिवसमा पनि चिया उपहार दिन्छ । हाम्रो नेपालमा पनि ३० भन्दा बढी देशका दुतावासहरु छन् । उहाँहरुसँग सहकार्य गर्नुपर्दछ । चिया व्यवसायलाई पर्यटनसँग जोड्न सकियो भने अपार सम्भावना छन् । मैले यसलाई पनि सँगै लिएर अघि बढेको छु । -(एनएनबिसँग गरेको कुराकानीमा आधारित)-

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ first appeared on Hitkhabar.

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/tea-garden/feed/ 0
इलाम र बझाङमा मतदान सुरु https://hitkhabar.com/voting-3/ https://hitkhabar.com/voting-3/#respond Sat, 27 Apr 2024 01:54:39 +0000 https://hitkhabar.com/?p=28289

वैशाख १५, २०८१ । इलाम–२ मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा

The post इलाम र बझाङमा मतदान सुरु first appeared on Hitkhabar.

The post इलाम र बझाङमा मतदान सुरु appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । इलाम–२ मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले तोकेको समय शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउनेछन् ।
इलाम–२ मा ४२ वटा वडामा हुँदै गरेको मतदानका लागि ७९ वटा मतदान स्थल र १ सय ४९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मतादानमा सहजीकरण,पारदर्शिता र स्वच्छता कायम गर्न आयोगले ७ सय ४५ जना कर्मचारी खटाएको जनाएको छ ।

त्यस्तै, यसैगरी बझाङ प्रदेश सभा–१(१) मा पनि मतदान सुरु भएको छ । बझाङ प्रदेश सभा–१(१) मा ७४ मतदान स्थलमा ९३ वटै मतदान केन्द्रमा मतदाता हुने बझाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ इलाम–२ मा १९ र प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।बझाङ–१ (१) ६१ हजार ७४८ मतदाता छन्। बझाङ १ (१) ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छ। त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील एवं ३२ अतिसंवेदनशील रहेका छन्।

दुवै जिल्लाका स्थानीय प्रशासनले निर्वाचन सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन्। आयोगले पनि निश्चिन्त भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। इलाम –२ मा निर्वाचनमा मतदातालाई सहजिकरण होस भन्नाका लागि सार्वजनिक यातायात समेत सञ्चालन अनुमति प्रशासनले दिएको छ ।

The post इलाम र बझाङमा मतदान सुरु first appeared on Hitkhabar.

The post इलाम र बझाङमा मतदान सुरु appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/voting-3/feed/ 0