Hitkhabar - Hitkhabar https://hitkhabar.com/author/hitkhabar/ The new era of Information Fri, 03 May 2024 14:48:01 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg Hitkhabar - Hitkhabar https://hitkhabar.com/author/hitkhabar/ 32 32 भारतका प्रधानन्यायाधीश काठमाडौंमा https://hitkhabar.com/chief-justice-of-india-dr-dhananjay-yashwant-chandrachud/ https://hitkhabar.com/chief-justice-of-india-dr-dhananjay-yashwant-chandrachud/#respond Fri, 03 May 2024 13:05:49 +0000 https://hitkhabar.com/?p=28830

वैशाख २१, २०८१ । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड नेपाल आइपुगेको छन् । उनी शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

The post भारतका प्रधानन्यायाधीश काठमाडौंमा first appeared on Hitkhabar.

The post भारतका प्रधानन्यायाधीश काठमाडौंमा appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड नेपाल आइपुगेको छन् ।

उनी शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा चन्द्रचुड नेपाल आएका हुन् ।

चन्द्रचुड शनिबार काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यसूची छ । शनिबार साँझ नै उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका रहेको छ ।

भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन् ।

चन्द्रचुड आइतबार स्वदेश फिर्ता हुनेछन् ।

The post भारतका प्रधानन्यायाधीश काठमाडौंमा first appeared on Hitkhabar.

The post भारतका प्रधानन्यायाधीश काठमाडौंमा appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/chief-justice-of-india-dr-dhananjay-yashwant-chandrachud/feed/ 0
झापामा परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार https://hitkhabar.com/shot/ https://hitkhabar.com/shot/#respond Fri, 03 May 2024 12:22:29 +0000 https://hitkhabar.com/?p=28826

वैशाख २१, २०८१ । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै

The post झापामा परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार first appeared on Hitkhabar.

The post झापामा परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन् । उनको हाल अवस्था सामान्य रहेको अस्पतालस्रोतले जनाएको छ । गोली प्रहार गर्ने सिराहाका अमितकुमार यादबलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यता गोली प्रहार भएको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरी घटना बुझ्दैछ,ु एसपी केसीले भने ।

The post झापामा परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार first appeared on Hitkhabar.

The post झापामा परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/shot/feed/ 0
मन्त्रिपरिषद्को निर्णय : सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने https://hitkhabar.com/to-change-the-map-placed-on-hundred-rupee-notes/ https://hitkhabar.com/to-change-the-map-placed-on-hundred-rupee-notes/#respond Fri, 03 May 2024 12:05:31 +0000 https://hitkhabar.com/?p=28822

वैशाख २१, २०८१ । सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ ।

The post मन्त्रिपरिषद्को निर्णय : सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने first appeared on Hitkhabar.

The post मन्त्रिपरिषद्को निर्णय : सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ एक सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिवर्तन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन् ।

त्यस्तै, सरकारले ६ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगेको छ ।

लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरिएको छ ।

पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।

The post मन्त्रिपरिषद्को निर्णय : सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने first appeared on Hitkhabar.

The post मन्त्रिपरिषद्को निर्णय : सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/to-change-the-map-placed-on-hundred-rupee-notes/feed/ 0
सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक : गृहमन्त्री रवि लामिछाने https://hitkhabar.com/air-ambulance/ https://hitkhabar.com/air-ambulance/#respond Fri, 03 May 2024 08:27:22 +0000 https://hitkhabar.com/?p=28818

वैशाख २१, २०८१ । गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक रहेको बताएका

The post सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक : गृहमन्त्री रवि लामिछाने first appeared on Hitkhabar.

The post सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक : गृहमन्त्री रवि लामिछाने appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सिंदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले इच्छा हुने हो भने सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि बढाउन सकिए विपद्बाट नागरिकको जीवन बचाउन सकिने बताए ।

उनले बजेट जसरी भएपनि व्यवस्थापन हुने भएकाले यस्तो अवधारणा आवश्यक रहेको औंल्याए । उनले भने,‘इच्छाशक्ति नहुनु र बजेट नहुनु दुई अलग कुरा हुन् । इच्छा हुने हो भने बजेट जसरी नी म्यानेज हुन्छ जस्तो लाग्छ । हामीसँग केही अवधारणा छन् त्यसमा सहयोग चाहिएको छ । समितिको सातै प्रदेशमा विपद्को लागि एयर एम्बुलेन्स आवश्यक हुन्छ । नागरिकको ज्यान बचाउने कुरा हो । सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा आवश्यक छ । विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु जुटाउनुपर्ने हुन्छ त्यो बेला हामीसँग बजेट छैन् भन्ने कुरा हुँदैन् ।’

उनले सरकार फेरबदल संसारमा जहाँपनि हुने भन्दै सरकार फेरबदलले नागरिकहरुको जीवनमा कुनै प्रभाव नपार्ने बताए । जुनै सरकार भएतापनि नागरिकका आधारभूत आवश्यकता र मौलिक हक रक्षा गर्ने कुराहरु नै पहिलो प्राथमिकता बन्ने उनको भनाई छ ।

उनले भने,‘सरकार फेरबदल भन्ने कुरा संसारमा जहाँ पनि हुन्छ हामीभन्दा पनि अस्थिर देशहरु छन् । राजनीतिक रुपमा एकदमै अस्थिर छन् । कहिले कतिबेला सरकार ढल्ने हो बन्ने हो भन्ने कुरा थाहा हुन्न । तर आम नागरिकहरुको जीवनमा त्यसले कुनै प्रभाव पारेको हुँदैन् । किनकी नागरिकका आधारभुत आवश्यकताका कुराहरु मौलिक हक रक्षा गर्ने कुराहरु जे सुकै भएपनि त्यो पहिलो प्राथमिकता बन्छ ।’

The post सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक : गृहमन्त्री रवि लामिछाने first appeared on Hitkhabar.

The post सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक : गृहमन्त्री रवि लामिछाने appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/air-ambulance/feed/ 0
प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण : संचारमन्त्री शर्मा https://hitkhabar.com/politics-and-journalism/ https://hitkhabar.com/politics-and-journalism/#respond Fri, 03 May 2024 08:20:14 +0000 https://hitkhabar.com/?p=28814

वैशाख २१, २०८१ । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताएकी

The post प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण : संचारमन्त्री शर्मा first appeared on Hitkhabar.

The post प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण : संचारमन्त्री शर्मा appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पनि प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको भन्दै अब पनि बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताईन् ।

उनले भनिन्,‘राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको छ । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न अझै पनि आवश्यक छ ।’

उनले वर्तमान सरकारले अगाडि बढाएको सुशासनको प्रवर्धनमा नेपालको पत्रकारिता क्षेत्रले पु¥याएको योगदान प्रसंशनीय रहेको बताइन् । प्रेस स्वतन्त्रलाई थप सुनिश्चीत गर्नेगरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुरावलोकनको काम भइरहेको उनको भनाई छ ।

The post प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण : संचारमन्त्री शर्मा first appeared on Hitkhabar.

The post प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण : संचारमन्त्री शर्मा appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/politics-and-journalism/feed/ 0
जापान पठाइदिने भन्दै ३ करोड ठगी गर्ने पक्राउ https://hitkhabar.com/arrest-2/ https://hitkhabar.com/arrest-2/#respond Fri, 03 May 2024 07:07:14 +0000 https://hitkhabar.com/?p=28810

वैशाख २१, २०८१ । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको

The post जापान पठाइदिने भन्दै ३ करोड ठगी गर्ने पक्राउ first appeared on Hitkhabar.

The post जापान पठाइदिने भन्दै ३ करोड ठगी गर्ने पक्राउ appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गरेका हुन् ।

नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरी नारायण बहादुर राई नाममा चलाउँदै आएका उनीहरुले जापान पठाउने भनी चार लाखदेखि सातलाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ ।

ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी उनको नाममा बैंक खोली रकम जम्मा गर्ने गरेका थिए ।

तीन वर्षदेखि पठाओ चलाउँदै आएका नागरिकता धनी नारायणबहादुर राईले आफ्नो नागरिकता १५-१६ वर्ष अगाडि हराएको प्रहरीमा बयान दिएका छन् ।

The post जापान पठाइदिने भन्दै ३ करोड ठगी गर्ने पक्राउ first appeared on Hitkhabar.

The post जापान पठाइदिने भन्दै ३ करोड ठगी गर्ने पक्राउ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/arrest-2/feed/ 0
गालीको राजनीतिले अन्यौंलग्रस्त छौं : उपसभापति गुरुङ https://hitkhabar.com/political-discipline-is-confused/ https://hitkhabar.com/political-discipline-is-confused/#respond Fri, 03 May 2024 06:59:03 +0000 https://hitkhabar.com/?p=28805

वैशाख २१, २०८१ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा एकले अर्कालाई गाली गर्ने प्रवृत्ति बढ्दा राजनीति अनुशासन अन्यौंलग्रस्त

The post गालीको राजनीतिले अन्यौंलग्रस्त छौं : उपसभापति गुरुङ first appeared on Hitkhabar.

The post गालीको राजनीतिले अन्यौंलग्रस्त छौं : उपसभापति गुरुङ appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा एकले अर्कालाई गाली गर्ने प्रवृत्ति बढ्दा राजनीति अनुशासन अन्यौंलग्रस्त अवस्थामा पुगेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवस विशेष कार्यक्रममा नेता गुरुङले गालीको राजनीतिले अन्यौंलता सिर्जना गरेको भन्दै खेलकुदमा जस्तै नेपाली राजनीतिमा पनि अनुशासन कायम नगरे अवस्था गम्भीर हुनसक्ने बताएका हुन् ।

‘खेलकुद भित्रको अनुशासन जस्तै गरेर नेपाली राजनीतिमा पनि अनुशासन कायम गर्नुपर्दछ । नेपाली राजनीतिमा देखिएको समस्या अनुशासनविहीन छ । मञ्च पाउनै नहुने एक नेताले अर्को नेतालाई खुइल्याउने, भरपूर गालीमात्रै गर्ने, गालीको राजनीतिले हामी अन्यौंलग्रस्त छौं ।’ गुरुङले थपे, ‘यसले अहिलेको राजनीति गम्भीर मोडमा पुगेको जस्तो लाग्छ ।’

उनले राजनीतिमा निराशाको खेती भैरहेको र त्यसलाई आशामा बदल्ने जिम्मेवारी पूरा गर्न कांग्रेसले मात्रै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने जिकिर पनि गरे ।

उनले राजनीतिक नेतृत्वले खेलकुद क्षेत्रलाई उपेक्षामा राखेर फेरी त्यही क्षेत्रबाट खेलाडिले गोल्ड मेडल ल्याओस भनेर आशा गर्न नहुने भन्दै खेल क्षेत्रको विकासमा जोड दिए । ‘खेलकुदमा गोल्ड मेडल ल्याइदिए हुन्थ्यो भनेर खेलाडीबाट आशा राख्ने तर खेलकुद क्षेत्रलाई उपेक्षा गरेर गोल्ड मेडल ल्याउन सकिदैन । यसलाई केन्द्रमा राखेर हामीले काम गर्नुपर्छ,’ गुरुङले भने ।

The post गालीको राजनीतिले अन्यौंलग्रस्त छौं : उपसभापति गुरुङ first appeared on Hitkhabar.

The post गालीको राजनीतिले अन्यौंलग्रस्त छौं : उपसभापति गुरुङ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/political-discipline-is-confused/feed/ 0
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री दाहाल https://hitkhabar.com/the-government-is-preparing-to-provide-living-allowance-for-journalists/ https://hitkhabar.com/the-government-is-preparing-to-provide-living-allowance-for-journalists/#respond Fri, 03 May 2024 06:46:05 +0000 https://hitkhabar.com/?p=28801

वैशाख २१, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था

The post मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री दाहाल first appeared on Hitkhabar.

The post मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री दाहाल appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । आज नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमाआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाए ।

उनले भने,‘सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने नीति लिएको छ ।सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदैछ ।’

नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यबद्धता व्यक्त गर्दै आएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्त्वपूर्ण योगदान गरेको बताए ।

निरंकुश शासनकालमा नेपाली प्रेसले शासकहरूबाट राजनीतिक दलहरूले जस्तै कठोर दमन र उत्पीडनको सामना गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले दमनविरुद्धको प्रतिरोधमा प्रेस जगत खरो सावित हुँदै आएको उल्लेख गरे । नेपाली प्रेसको वर्तमान अवस्था, यसले भोगिरहेका चुनौती र समस्याहरूका बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प, नाकाबन्दी, कोभिड–१९ हुँदै पछिल्लो आर्थिक मन्दीसम्म पुग्दा नेपाली मिडिया उद्योग आर्थिकरूपमा कमजोर बन्न पुगेको उनको भनाई छ ।

श्रमजीवी पत्रकारका समस्या चाहे जसरी सम्बोधन नभइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पत्रकारको दक्षता अभिवृद्धि गर्न, वृत्ति विकासको अवसर सिर्जना गर्न र स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाको निम्ति ठोस कदम चालिने बताए ।

The post मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री दाहाल first appeared on Hitkhabar.

The post मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री दाहाल appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/the-government-is-preparing-to-provide-living-allowance-for-journalists/feed/ 0
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी https://hitkhabar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95/ https://hitkhabar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95/#respond Fri, 03 May 2024 05:20:04 +0000 https://hitkhabar.com/?p=28797

वैशाख २१, २०८१ ।  नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशनको उद्घाटन

The post नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी first appeared on Hitkhabar.

The post नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ ।  नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरे ।

राष्ट्रिय सभागृहमा शुक्रबार महासंघको महाधिवेशन भइरहेको छ । महाधिवेशन अघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी समेत निकालेका थिए ।

महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवाले महासंघको इतिहासमा महिला अध्यक्षले नेतृत्व नपाएको अवस्थामा महाधिवेशनले आउँने चुनावमा महिला नेतृत्वलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिइन

‘महासंघले अहिलेसम्मको इतिहासमा महिला नेतृत्व पाएको छैन । अबको नेतृत्व सबैको सहमतिबाट महिला प्राप्त गरोस’ अध्यक्ष तुम्खेवाले भनिन् ।

शनिबारसम्म चल्ने महासंघको केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा महासंघका महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

The post नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी first appeared on Hitkhabar.

The post नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95/feed/ 0
प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुर्व्यवहार, चौतर्फी विरोध https://hitkhabar.com/a-comprehensive-protest-against-the-incident-of-abuse-by-the-security-personnel/ https://hitkhabar.com/a-comprehensive-protest-against-the-incident-of-abuse-by-the-security-personnel/#respond Fri, 03 May 2024 05:12:35 +0000 https://hitkhabar.com/?p=28792

वैशाख २१, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुर्व्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको

The post प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुर्व्यवहार, चौतर्फी विरोध first appeared on Hitkhabar.

The post प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुर्व्यवहार, चौतर्फी विरोध appeared first on Hitkhabar.

]]>


वैशाख २१, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुर्व्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ । पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घटनाको विरोध गरेका हुन् ।

सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको पत्रकार चौधरीले बताएका थिए । तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार,गरेको पत्रकार चौधरीले बताए । प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका चौधरीमाथि भएको दुर्व्यवहार प्रति प्रेस युनियन केन्द्रिय समितिले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका पत्रकारलाई तस्वीर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने र थुन्ने धम्की दिने कार्य निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । युनियनले उक्त घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ ।

त्यस्तै टेक जोर्नोज फोरमले पनि घटनाको विरोध जनाएको छ । श्रमजीवि पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गर्दै दुर्व्यवहारको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन् । ‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बीर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्वीर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको चौधरीको भनाइ छ ।

The post प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुर्व्यवहार, चौतर्फी विरोध first appeared on Hitkhabar.

The post प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुर्व्यवहार, चौतर्फी विरोध appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/a-comprehensive-protest-against-the-incident-of-abuse-by-the-security-personnel/feed/ 0