‘सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ’ 

Share this news:

असार १३, २०८१ । पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले  कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए । 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् ।

नेता साउदले भने, ‘नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदुत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ’ उनले भने ।

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन र विश्व शक्तिसाग अपरिपक्क कुटनैतिक व्यवहार गरिराखेको बताए ।  उनले बीआरआईबारे प्रधानमन्त्री दाहालले छलफल गरिरहेको भन्ने विषयमा प्रतिपक्षसँग संवाद र छलफल नै नभएको उल्लेख गरे ।

साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिएका नेता साउदले सरकार आफैंलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

‘‘राष्ट्र निर्माता पृश्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगा बीचको तरुल हो भनेर भन्नुभएको थिाये । त्यसको मापन उडाउने प्रयत्न गरिएको छ । पृश्वी नारायण शाहाले दुई ढुंगालाई निर्जिव भन्नुभएको थियो बलियो थिए तर, निर्जिव थिए । तरुल गतिशिल थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजिव थियो । तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दा पनि डाइनामाइट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ ।’’

उनले थप भने ‘‘म सरकारलाई आग्रह गर्न चाहान्छु, सरकारलाई पनि सचेत गर्न चाहान्छु कि भोलीका दिनमा डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ । ढुंगालाई क्षति पुर्याउन सक्छ तर, डाइनामाइट पड्किसकेपछि आफू बाँकी रहन सक्दैन । यो तथ्यलाई आत्मसाथ गर्नुपर्छ ।’’

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौं भन्ने सन्देश दिने र त्यसलाई सत्ता समिकरण बनाउन प्रियोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौं भन्ने कच्चा कुटनीतिक चाल नचल्न सरकारलाई आग्रह गरे । उक्त कार्यले नेपालको अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा घट्ने भन्दै थपे नेपालले कुटनीतिक व्यवहार गर्दा अग्रजहरुको ज्ञान, सुझावलाई लिनुपर्ने आवश्यकता औंल्याए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *