सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट

Share this news:

जेठ १५, २०८१ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आव २०८१÷०८२ को बजेटमा सञ्चार मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गरे ।

उनले एकद्वार प्रणालीबाट विज्ञापन वितरणको व्यवस्था गरिने, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको व्यवस्था गरिने, लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने बजेट वक्तव्यमा राखिएको बताए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *