कैलालीमा चट्याङ लागेर तीन जना बालिका गम्भीर घाइते

Share this news:


असार १२, २०८१ ।  कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले जानकारी दिएका छन् ।

‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरुलाई चट्याङ लागेको रहेछ उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ’ बिष्टले भने ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *