नेपाल–अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ फिल्म

Share this news:

जेठ २८, २०८१ । १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४ का लागि नेपालसहित १० देशका २८ वटा फिल्म, वृत्तचित्र तथा सर्ट फिल्म चयन भएका छन् ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा महोत्सव आगामी असार ७–९ गते काठमाडौंमा हुने भएको छ ।

महोत्सवका लागि दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैका गरी ९ देशबाट ८ वटा अफ्रिकन फिल्म चयन भएका छन् । जसमा ‘फुल्स’ र ‘द चेस्लर’ गरी दुई फिल्म, ‘वी ह्याभ नेभर बिन किड्स’ र ‘ह्वाइट पोसन’ गरी दुई वृत्तचित्र छन् । यस्तै ‘डाइनिज’, ‘अफस्प्रिङ’, सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ गरी चार सर्ट फिल्म छन् ।

आयोजकका अनुसार यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकन फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र प्राप्त भएकोमा महोत्सवका लागि ८ वटा अफ्रिकन फिल्म छानिएका हुन् ।

यस्तै महोत्सवमा छनोटमा परेका नेपाली तथा आदिवासी फिल्ममा ‘सरी मम,’ ‘काँडेतार,’ ‘गोर्खा वारियर,’ ‘सनाखत,’ ‘आफ्नै कर्म,’ ‘लोजिमा’ र ‘रित’ छन् । यस्तै वृत्तचित्रतर्फ ‘जर्नी टु गोक्यो,’ ‘काँचो वायु’ र ‘चेसिङ द ड्रिम’ छन् ।

छनोटमा परेका नेपाली सर्ट फिल्ममा ‘सिगरेट,’ ‘आमा,’ ‘ऐना,’ ‘ढुकढुकी,’ ‘घटेरो,’ ‘हे दैव,’ ‘जुत्ता,’ ‘म्यारिज डे,’ ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छन् ।

महोत्सवकी अध्यक्ष एवं कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै फिल्मबाट दुई फरक महाद्धीपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएको बताइन् ।

महोत्सव निर्देशक डब्बु क्षत्रीले फेस्टिभलमा फिल्म प्रदर्शनसँगै अभिनय सम्बन्धी तीन दिनको विशेष कार्यशाला र अन्तरक्रिया कार्यक्रम पनि रहेको बताए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *