३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

Sharing is caring!

असार २६, २०७५ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले रामकुमार तिवारी, फाल्टुङ फुल्दुङ भनिने लक्षुबहादुर गुरूङ र मदन सिलवाललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

यस्तै रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई एक लाख रुपैयाँका दरले धरौटी लिइ छाड्न आदेश दिएको छ। सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङमा ७ जना विरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो।

जसमा मोरङ उर्लावारीका संदिप खनाल फरार रहेका छन्। पक्राउ परेका ६ जना मध्ये ३ जनालाई संगठीत अपराध निवारण ऐन २०७० को दफ ४१ र मुलुकी ऐन अदालती वन्दोवस्ती महलको ११८ देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने र ३ जनालई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।यो खबर आजको नागरिकबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *