सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच सहकार्य

Share this news:

असार ४, २०७५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चाबहिलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक, खातावाला तथा कर्मचारीले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंकले मुलुकभर ७४ शाखा, ७० एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो खबर आजको नयांपत्रिकामा छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *