सांग्रिला डेभलपमेन्ट बैंक बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

Sharing is caring!

असोज २४, २०७६ । सांग्रिला डेभलपमेन्ट बैंक बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३ ,वडा नं. ४ बालुवाटार, काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ ।

टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख श्री रवि के.सी.द्वारा महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत श्री उत्तम राज सुवेदीलाई हस्तान्त्तरण गर्नुु भयो । उक्त सहयोगले “हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी“ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय – प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *