सलह किरा नेपाल प्रवेश गर्‍यो

Sharing is caring!

असार १३, २०७७ । सलह किरा नेपाल प्रवेश गरेको छ । सलह किरा जस्तै देखिने किरा तराई मधेसका केही जिल्लामा भेटिएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन शुरु गरेको छ । यो किरा कृषि तथा बोट विरुवाका लागि निकै घातक मानिएको छ ।

आज बिहान करिब ७–८ बजे तिर तराई मधेसमा सलह किरा देखिएको अनुमान गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार सलह किरा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा देखापरेको छ ।

सलह किरा अफ्रिकी मुलुकमा ठूलो संकटका रुपमा लिइएको र मित्र रास्ट्र भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखा परेकाले नेपालमा पनि यो किराको प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *