सरकारले दूधको मूल्यमा ६ रुपैयाँ बढायो

Sharing is caring!

भदौ १९, २०७६ । सरकारले दूधको मूल्यमा ६ रुपैयाँ बढाएको छ ।

कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेसंगै प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । तर मूल्य बढेको २१ गते शनिबारबाट लागू हुने संस्थानले जनाएको छ ।

संस्थानका अनुसार बढेको मूल्यमा  ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा डेरी व्यवसायीले पाउने छ ।

नयाँ मूल्य अनुसार अब प्रति लिटर दुधको ७६ रुपैयाँ पर्नेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *