श्रम स्वीकृति शनिबार पनि हुने

Sharing is caring!

कात्तिक १७, २०७५ ।  श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागले शनिबार पनि कार्यालय खुल्ने भएको छ ।

विभागले वैदेशिक रोजगारीमा जानेको संख्या बढेकोले सार्वजनिक बिदामा पनि श्रम स्वीकृति जारी गर्न लागेको हो ।

शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयबाट सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ ।

उक्त कार्यालयले विभिन्न देशमा रोजगारी गर्न जानेको लागि श्रम स्वीकृति दिदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *