वीरगन्जको अवस्था भयावह

Sharing is caring!

साउन १७, २०७७ । वीरगन्जमा कोरोना संक्रमणका कारण पछिल्ला दुई दिनमा पाँच जनाको मृत्यु भएको छ । बिहीबार वीरगन्ज महानगरपालिका १६ का ३५ वर्षीय युवक, वीरगन्जको जगदम्बा इन्टरप्राइजेजका सीईओ ५६ वर्षीय पुरुष र वीरगन्ज २ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । बुधबार पनि वीरगन्जमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । साउनमा मात्रै वीरगन्जमा ९ जना संक्रमितको मृत्यु भइसकेको छ । बिहीबार पर्साका ४१ जनामा संक्रमण भेटिएकोमा ३७ जना वीरगन्जकै हुन्। बुधबार पनि ८४ जनामा संक्रमण भेटिएको थियो ।

कोभिड अस्पतालमा अहिले भर्ना रहेका ६२ मध्ये चार संक्रमितको अवस्था गम्भीर रहेकाले आईसीयूमा उपचारमा भइरहेको छ । असार अन्तिममा संक्रमित निको हँुदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी थिए । तर साउन सुरु भए लगत्तै पर्सामा संक्रमित थपिँदै गएका हुन् । दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगन्जमा साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ ।

मास टेस्टिङमा संकलन गरिएका स्वाबमा २० प्रतिशतभन्दा बढीको पोजेटिभ रिपोर्ट आइरहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड ९मेसु ० डा। मदन उपाध्याय बताउँछन् । कोभिड अस्पतालमा संक्रमित राख्ने ठाउँ नहुँदा एक सय २६ जना संक्रमितलाई घरमै राखिएको छ।

५० बेड मात्रको कोभिड अस्पतालमा बेड खाली नहँुदा पछिल्लो पटक संक्रमण फेला परिरहेकालाई घरमै होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता रहेको अस्पतालका कोर्डिनेटर डा। उदयनारायण सिंह बताउँछन् ।

२५ स्वास्थ्यकर्मी पक्राउ

कोरोना नियन्त्रण तथा रोकथामको काममा जान नमान्ने वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

विभिन्न बहाना गरेर काममा नगएपछि नियन्त्रणमा लिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । वीरगन्जको आइसोलेसन र स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको अभाव भएपछि नारायणी अस्पतालले ६० जना स्वास्थ्यकर्मी जिल्ला विपद् व्यवस्थापन केन्द्रसँग माग गरेको थियो । महानगरपालिकाले साउन ११ गते ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो । सूचीमा ४ जना स्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब, ५ अहेब र ४ अनमीको नाम थियो । तर, साउन १५ गतेसम्म स्वास्थ्यकर्मी नआएपछि नियन्त्रणमा लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

वीरगन्जका मेयर पनि संक्रमित

वीरगन्ज महानगरपालिका नगर प्रमुख ९मेयर० विजयकुमार सरावगीमा पनि कोभिड( १९ संक्रमण पुष्टि भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा पीसीआर परीक्षणका लागि गत बुधबार स्वाब दिएका सरावगीमा बिहीबार संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि भएका मेयर सरावगी हाल काठमाडौं टंगालस्थित आफ्नै घरको आइसोलेसनमा छन् । सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाका अनुसार मेयर सरावगीको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

मेडासिटी अस्पतालले पठाएका एक हेल्थ असिस्टेन्टले मेयर सरावगीको घरमै उपचार गरिरहेका छन् । स्वास्थ्यमा समस्या भएपछि सरावगी गत सोमबार वीरगन्जबाट निजी सवारीमा काठमाडौं गएका थिए । त्यही दिन उनले मेडिसिटी अस्पतालमा पुगी उपचार गराएका थिए । बिहीबार संक्रमण पुष्टि भएपछि साँझ उनले फेसबुक पेजमा आफूलाई कोरोना संक्रमण भएको खुलाएर पोस्ट गरेका थिए । यो खबर अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *