वार्षिक १९ करोडभन्दा बढी असुल्छन् पोखराका माइक्रो

Sharing is caring!

असोज १८, २०७५ । गण्डकी प्रदेशको राजधानी पोखरामा गुड्ने माइक्रोबसले एक वर्षमा १९ करोडभन्दा बढी रुपैयाँ बढी भाडा ठग्ने गरेका छन् । पोखरामा दैनिक चल्ने साढे तीन सय माइक्रोले प्रतियात्रु कम्तीमा ५ रुपैयाँका दरले बढी भाडा असुल गर्दै आएकाले वार्षिक झन्डै १९ करोड रुपैयाँभन्दा बढी भाडा असुल गरेको पाइएको हो ।

वि.सं. २०७२ मा भूकम्प जानुअघि १२ रुपैयाँमा यात्रा गर्न पाएका यात्रु भूकम्पका वेला बढेको भाडा तिर्न अहिले पनि बाध्य छन् । यसबीचमा दुईपटक भाडा समायोजन भएको छ । तर, पोखरामा त्यसको कुनै असर परेन । उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले नाकाबन्दीका वेला कालोबजारीमा महँगो तेल किन्नुपर्दा भाडा बढी लिनुपरेको भन्दै व्यवसायीले बढाएको भाडा त्यसपछि नघटेको बताए । कोइरालाका अनुसार पोखराका माइक्रोले प्रतियात्रु कम्तीमा पनि ५ रुपैयाँका दरले ठग्दै आएका छन् । यस हिसाबले सर्वसाधारणबाट वार्षिक झन्डै १९ करोड रुपैयाँभन्दा धेरै यहाँका माइक्रोले ठग्ने गरेका छन् ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *