लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्ध

Sharing is caring!

मंसिर २७, २०७५ । काठमाण्डु उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

आफुलगायत कैयौं सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिक हिंसाका खेप्नुपरेको अनुभव सहभागि महिला पत्रकारहरुले सुनाएका छन् । यस्तै युएन वुमनका बिकासका लागि सञ्चार अधिकृत आश्मा श्रेष्ठले राज्यको चौथो अंग नै पत्रकार भएकाले पत्रकारले आफ्नो पत्रकारिता मार्फत लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिन जोड दिनुभयो ।

सामुदायिक सुचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले अझै ८७ प्रतिसत नागरिकले महिला हिंसा बिरुद्ध भएका कानुनको बारेमा अझै जानकारी नपाएको सर्वेक्षणले देखाएको बताउदै सञ्चार माध्यमले यो बिषयमा प्राथमिकता दिनु पर्ने बताउनु भयो । सहभागि पत्रकारहरुबीचको छलफलबाट आगामि दिन लैगिंक हिंसा बिरुद्ध नियमित कार्यक्रम गर्ने निष्कर्ष निकालिएको आचार्यले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *