लागू औषधसहित एक जना पक्राउ
भदौ २४, २०७५ । महानगरीय प्रहरी परिसर काठमाडौंले ९०० एम्पुल लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले लागू औषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज बिहान ११ बजे बल्खुबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीका अनुसार बल्खु इलाकाबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको हो । पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।