रुकुम पश्चिम हत्याकाण्डमा मारिएका मृतकका परिवारद्वारा सरकारसंग छानबिनको माग

Sharing is caring!

पुष १८, २०७७ । रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसंग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितीसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसंग पुनः निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त मानवता विरुद्व अपराध भएको बताए । उनले भने, ‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानुन बमोजिम दण्ड दिनुपर्छ ।’ उक्त घटना जातिय विवादले गर्दा घटेको बताऐ । घटना चानचुने नरहेको उनले बताए । उनले भने,न्याय कहाँ छ? के यो देशमा न्याय मरेकै हो त? न्यान सबैलाई एक समान हुनु पर्छ भन्दै उनले आक्रोश पोख ।

त्यसैगरी कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठीले रुकुम घटना सभ्यता र लोकतन्त्रमाथि प्रहार भएको बताए । उनले भने, ‘मानवतामाथिको कलङक थियो । घटनाले नेपालको अन्तराष्ट्रिय बैजति भएको थियो । रुकुमको घटनामा न्याय हुनुपर्छ । जो अडण्डित हुन्छ भने विधिको शासन छैन् ।’ अपराध नै नगरी जातिय विभेदका कारण बालकहरुको क्रुरतापूर्वक हत्या गरिएको उनले बताए । उनले भने, ‘रुकुम घटनामा न्याय भएन भने विधिको शासन, लोकतन्त्र र अदालत मर्नेछ । दोषी पुर्पक्षका लागि जेल बस्नै पर्छ।’

नवराज विकका बावु मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल एक लाख धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो कस्तो न्याय हो । सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।‘

गोविन्द शाहीकी आमा देवी शाहले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्,‘हामी न्याय पाउन काठमाडौँ आएका हौँ । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौँ । ’ प्रहरी प्रशासनको कमजोरीका कारण शव ढिला पाएको उनले बताइन् । उनले भनिन्, ‘हामी पार्टी र नेतालाई चिन्दैनौँ ।’
सन्जिब विककी आमा सीता विकले कहाँ छ कानुन भन्दै प्रश्न औँल्याइन् । उनले भनिन्,‘हामी बाहुन क्षेत्री वा अन्य जात भएको भए न्याय पाउने थियौँ । तर, दलित भएको कारण न्याय पाएका छैनौँ । हामीले न्याय पाउँदैनौँ त?’

लक्ष्मी सुनुवारले हत्या काण्डको दोषी कारवाही गर्नेमाग गरिन् र मुख्य दोषीलाई केटीलाई बालबालिका भनेर छोडेको बताइन् । उनले भनिन्, ‘त्यो केटीलाई सुधार केन्द्र राख्नु पर्छ । केटीकी आमालाई जेल हाल्नुपर्छ ।’ उनीहरुलाई आफ्नै तरिकाले कारवाही गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *