राजपाको संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

Sharing is caring!

असार ३०, २०७५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

आजको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिनुभयो । संसदीय दलको बैठक अहिले पनि जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *