भक्तपुरमा बिहीबारदेखि लकडाउन थप कडा, घर बाहिर निस्कन निषेध

Sharing is caring!

जेठ १, २०७७ । भक्तपुरमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले बिहीबारदेखि लकडाउनलाई थप कडाई गर्ने भएको छ । बुधबार बसेको समिति बैठकले अत्यावश्यक कामबाहेक स्थानीयलाई घर बाहिर निस्किन नदिने निर्णय गरेको हो ।

जिल्लामा कोभिड–१९ संक्रमणको उच्च जोखिम तथा समुदायमा विस्तारको खतरा देखिएकाले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन र आवश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

त्यस्तै, संक्रमित व्यक्तिहरुको यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, परिवारका सदस्यहरुको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसन र क्वारेनटाइनको व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने निर्णय समितिले गरेको छ ।

समितिले भक्तपुरबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएका यसअघिका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ । बैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेकका व्यक्ति तथा सवारी साधन निषेध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *